Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवा खैरो हिरोइनसहित समातिए

हाम्रो कोशी आवाज
असार २७ २०८३, शनिबार
धरानका युवा खैरो हिरोइनसहित समातिए

धरानः धरानका युवा खैरो हिरोइनसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. १६ बस्ने २३ वर्षीय बिनोद लिम्बू रहेका छन् ।
कोशी गाउँपालिका वडा नं. १ लौकही बजारतमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै उनलाई पक्राउ गरेको हो ।
चेकजाँच तथा खानतलासी गर्दा बिनोद लिम्बूको साथबाट लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) ३.७४ ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीमाथि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २७ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend