Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बिजुली अफिसको गाडी दुर्घटना, धरानकै दुईजना कर्मचारीको मृत्यु

हाम्रो कोशी आवाज
असार ३० २०८३, मंगलबार
धरानको बिजुली अफिसको गाडी दुर्घटना, धरानकै दुईजना कर्मचारीको मृत्यु

धरानः नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्र (बिजुली अफिस)को गाडी दुर्घटना हुँदा दुईजना कर्मचारीको मृत्यु भएको छ ।
धरान–इटहरी सडक खण्डमा पर्ने सेउती पुलदेखि अन्दाजी २०० मिटर अगाडि तरहरातर्फ कोशी लोकमार्गमा उत्तरबार दक्षिणतर्फ आउँदै गरेको बा१ञा १६५१ नम्बरको स्कारपियो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित तीनजना घाइते बनेका थिए । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो । गाडी राति ११ः४० बजे दुर्घटनामा परेको र बीपी प्रतिष्ठानले १२ः४५ बजे उनीहरू दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चालक धरान उपमहानगरपाँलिका वडा नं.१३ बस्ने वर्ष ३३ को बीर्खबहादुर राई (सेवा करार) र गाडीमा सवार धरान उपमहानगरपाँलिका वडा नं.१६ बस्ने ४९ वर्षीय सुमन आचार्य (स्थायी कर्मचारी) रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । राई करारका चालक थिए भने आचार्य हेल्पर पदमा कार्यरत स्थायी कर्मचारी हुन् ।

गाडीमै सवार धरान उपमहानगरपालिका वडा नं. २० बस्ने ३२ वर्षीय पदम राईको निधार र छातीको भागमा चोट, बोल्न सक्ने सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ । सो स्कारपियो गाडी इप्रका इटहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
धरानमा अचानक बिजुली बत्ती गएपछि उनीहरू लाइन पेट्रोलिङ तथा मर्मत गर्न भन्दै गएको केन्द्रका कार्यालय प्रमुख रामहरि पोखरेलले जानकारी दिए । ‘साढे १० बजेतिर बिजुली बत्ती गएको र उहाँहरू दुवैजना तत्कालै यहाँबाट पेट्रोलिङ तथा मर्मत गर्न हिँड्नुभएको थियो तर निकै लामो समय फोन लागेन, अचानक धरानका डिएसपी भीषणबाबु राईले फोन गर्नुभयो- गाडी दुर्घटनामा परयो,’ उनले भने, ‘त्यसपछि उहाँहरूलाई उपचारका लागि धरान ल्याइएको थियो, उपचारका क्रममा निधन भयो ।’
रुख हाँगाले लागेपछि धरानमा बिजुली बत्ती गएको र राति २ बजे मात्रै बिजुली बत्ती सुचारु गर्न सफल भएको पनि उनले जानकारी दिए । स्कारपियो गाडी तीब्रगतिमा रहेको हुँदा दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विद्युत मर्मतका लागि हतारमा जाने क्रममा तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रकाशित मिति: असार ३० २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend