Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा रास्वपाले थाल्यो वृक्षारोपण अभियान

हाम्रो कोशी आवाज
असार ३० २०८३, मंगलबार
धरानमा रास्वपाले थाल्यो वृक्षारोपण अभियान

धरानः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपालिका ८ नं. वडा समितिले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
वडा समितिको आयोजनामा स्थानीय हिमाली सामुदायिक वन फुटबल मैदान क्षेत्रमा पहिलो चरणअन्तर्गतको वृक्षारोपण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । रास्वपा धरान उपमहानगर समितिका उपसभापति राम कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै, कार्यक्रममा संगठन विभाग प्रमुख सन्दीप शाक्य, नगर कोषाध्यक्ष ठंगबहादुर राईको विशेष उपस्थिति र ९ नं. वडा सभापति सुधिर कटुवाललगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
धरान ८ नं. वडाका कार्यवाहक सभापति शिव तामाङको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संयोजन सनम थापाले गरेका थिए ।
पहिलो चरणको यस कार्यक्रममा वातावरण र मानव स्वास्थ्यका लागि फलदायी हुने विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन् । वडा सदस्य विश्वराम कार्कीका अनुसार तेजपाता, अम्बा, जामुन, फडिर, चिउरीलगायतका बोटबिरुवाहरू रोपिएको छ । यस वृक्षारोपण अभियानलाई आगामी शनिबार दोस्रो चरणअन्तर्गत पनि विभिन्न प्रजातिका बिरुवाहरू रोपण गर्ने तयारी भइरहेको वडा सदस्य प्रकाश भुजेलले जानकारी दिए ।
रास्वपाले राजनीतिक गतिविधि सँगसँगै सामाजिक र वातावरणीय उत्तरदायित्व बहन गर्दै धरानमा रचनात्मक कार्यहरूलाई तीब्रता दिइरहेको धरान–८ का सक्रिय सदस्य विनोद ढकालले बताएका छन् ।

प्रकाशित मिति: असार ३० २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend