Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान ल्याउँदै थिए खैरोहिरोइन, बाटैमा समातिए

हाम्रो कोशी आवाज
असार ३० २०८३, मंगलबार
धरान ल्याउँदै थिए खैरोहिरोइन, बाटैमा समातिए

धरानः धरान लागूऔषध खैरो हिरोइन ल्याउँदै गर्दा एकजना युवा बाटैमा पक्राउ परेका छन् ।
कालाबन्जारबाट धरानबाट लागूऔषध ओसारपसार भइरहेको सुइँको पाएको प्रहरीले धरान–१८ बस्ने २५ वर्षीय सौगात सुनुवारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । को२८प २४३२ नम्बरको स्कुटरमा आइरहेका उनलाई बराहक्षेत्र–५ कालाबन्जारमा रोकेर चेकजाँच गर्दा उनको साथबाट ७.५६ ग्राम लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार करिब साढे ५ बजे पत्रंङगा पुलबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र प्रहरीको विपद ब्यवस्थापन सुरक्षा बेस चतराबाट संयुक्त रूपमा खटिएको टोलीले उनलाई लागूऔषध र स्कुटीसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति: असार ३० २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend