धरानः धरान आउँदै गरेको टिपरको ठक्करले एकजना महिलाको मृत्यु भएको छ ।
मोरङको केराबारी गाउँपालि ५ शान्तिचोकस्थित मदन भण्डारी राजमार्गमा केराबारीबाट धरानतर्फ जाँदै गरेको को१ख.६७९० नम्बरको टिपरले बाटो काट्दै गरेकी स्थानीय ७० वर्षीय विष्णुमाया मगरलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा वृद्धा मगर गम्भीर घाइते भएकी थिइन् । दुवै खुट्टामा चोट लागेर घाइते भई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक संखुवासभा चैनपुर नगरपालिका ११ घर भई हाल धरान–१३ बस्ने २३ वर्षीय विक्रम माझी इलाका प्रहरी कार्यालय केराबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
घटना शुक्रबार राति करिब साढ ८ बजे भएको थियो । उपचारका क्रममा मगरको ९ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।