Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ब्राउन सुगरसहित २२ वर्षीय युवा समातिए

हाम्रो कोशी आवाज
साउन ३ २०८३, आइतबार
धरानमा ब्राउन सुगरसहित २२ वर्षीय युवा समातिए

धरानः धरानस्थित पानमारा बस स्टेण्डबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान-५ खैरेनी बस्ने २२ वर्षीय रोहन शाक्य रहेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. ७ पानमारा स्टेण्डस्थित लागूऔषध बिक्री बितरण भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
चेकजाँच गर्दा शाक्यको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २.५५ ग्राम फेला परेको प्रहरीले जनाएको छ । लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन ३ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend