Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सवारी चालक प्रशिक्षण केन्द्र बन्ने

हाम्रो कोशी आवाज
साउन ४ २०८३, सोमबार
धरानमा सवारी चालक प्रशिक्षण केन्द्र बन्ने

धरानः धरान उपमहानगरपालिकामा सुविधासम्पन्न सवारी चालक प्रशिक्षण केन्द्र (ट्रायल सेन्टर) बन्ने भएको छ ।
ट्रायल सेन्टर बनेसँगै धरानबासी इटहरी पुग्नुपर्ने बाध्यता हट्नेछ । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले ट्रायल सेन्टर बनाउने निर्णय गरेको हो ।
कार्यपालिका बैठकले ट्रायल सेन्टरका लागि धरान–१७ एन्फा टेक्निकल छेऊ एक बिगाहा १० कट्ठा ट्रायल सेन्टरका लािग उपलब्ध गराउने निर्णय भएको हो ।
धरानमा ट्रायल सेन्टर खोल्न आवश्यक उचित जग्गा सिफारिस गर्न गत चैत २६ गतेको कार्यपालिका बैठकबाट धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारमको संयोजकत्वमा समिति गठन भएको थियो । सो गठित समितिले पेश गरेको प्रतिवेदनअनुसार धरान उपमहानगरपालिकाको नाममा सप्तरंगी पार्क भनी दर्ता भएको साविक घोपा २ क कित्ता नं. १ को हाल एन्फा टेक्निकल सेन्टर उत्तरको खाली ६ बिगाहा १९ कट्ठा १५.५ धुर जग्गामध्येबाट एक बिगाहा १० कट्ठा जग्गा ट्रायल सेन्टरका लागि छुट्याइएको हो ।
मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, मझौला सवारी, भारी सवारी साधन, ट्याक्टरका साथै हेभी इक्युपमेन्टहरु र दक्ष प्रशिक्षकद्वारा सिकाइने सो सेन्टरमा दैनिक एक हजारलाई प्रशिक्षण दिन सक्ने क्षमता रहने कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले जानकारी दिए ।
केन्द्रमा यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्र लिन लिइने प्रयोगात्मक तथा लिखित परीक्षाका लागि दैनिक परीक्षा लिन सक्ने क्षमता रहने उनका भनाइ छ । सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ को मापदण्डअनुसार सो केन्द्र निर्माण गर्न लागिएको हो ।
प्रशिक्षण केन्द्रको लागि यो आवमा बजेट बिनियोजन गरेर काम अघि बढाइने जनाइएको छ ।

प्रकाशित मिति: साउन ४ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend