Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदयका विद्यार्थी भारतको ‘साइन्स सिटी’ मा

हाम्रो कोशी आवाज
साउन ४ २०८३, सोमबार
धरानको युएन, नवोदयका विद्यार्थी भारतको ‘साइन्स सिटी’ मा

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थी भारतको साइन्स सिटीको भ्रमणमा पुगेका छन् ।
कलेजले कक्षा-११ को विज्ञान सङ्कायमा अध्ययनरत् विद्यार्थीहरूलाई मित्रराष्ट्र भारतको प्रख्यात ‘साइन्स सिटी’ मा पूर्णरूपमा निःशुल्क शैक्षिक अवलोकन भ्रमण गराएको हो ।
विज्ञानलाई केवल किताबका पानामा मात्र सीमित नराखी विद्यार्थीहरूले यसको वास्तविक स्वरूप र चमत्कारलाई प्रत्यक्ष रूपमा देख्न, बुझ्न र अनुभव गर्न सकून् भन्ने पवित्र उद्देश्यका साथ यो भ्रमणको आयोजना गरिएको कलेज प्रशासनले जनाएको छ ।
कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोका अनुसार विज्ञान विषय प्रयोगात्मक र अनुभवमुखी हुनुपर्छ । प्रिन्सिपल तुम्बापोले भने, ‘हाम्रा विद्यार्थीहरूले विज्ञान के हो, यसले संसारलाई कसरी बदल्दैछ र यसका सिद्धान्तहरूले कसरी काम गर्छन् भन्ने कुरा केवल कक्षाकोठामा पढेर मात्र पुग्दैन । उनीहरूले यसलाई प्रत्यक्ष रूपमा अनुभव गरुन् र उनीहरूको सोच्ने दायरा फराकिलो होस् भन्ने उद्देश्यले हामीले यो शैक्षिक भ्रमणको व्यवस्था गरेका हौँ ।’
कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूका अनुसार यस शैक्षिक भ्रमणपछि विद्यार्थीहरूमा अभूतपूर्व उत्साह र ऊर्जा देखिएको छ। भ्रमणबाट फर्किएका विद्यार्थीहरूले प्रतिक्रिया दिँदै आफूहरूले उच्च शिक्षाका लागि युएन, कलेज रोजेको निर्णय शतप्रतिशत सही र सार्थक साबित भएको बताएका छन् ।
विद्यार्थीहरूले भनेका छन्, ‘किताबमा पढेका सिद्धान्तहरूलाई साइन्स सिटीमा प्रत्यक्षरूपमा देख्न पाउँदा आज बल्ल वास्तविक विज्ञानको अनुभूति भयो । हामीलाई यस्तो दामी र बौद्धिक अवसर प्रदान गरेकोमा कलेज परिवारप्रति आभारी छौँ ।’
गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको व्यावहारिक र बौद्धिक विकासका लागि नवोदय +२ र युएन कलेजले निरन्तर यस्ता रचनात्मक तथा देशकै नमूना कार्यक्रमहरू गर्दै आएको छ, जसले गर्दा यो संस्था पूर्वी नेपालकै पहिलो रोजाइ बन्न सफल भएको छ ।

प्रकाशित मिति: साउन ४ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend