Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका प्रा.डा. भीमप्रसाद खतिवडालाई प्रधानमन्त्री बालेनले गरे उपकुलपतिमा नियुक्त

हाम्रो कोशी आवाज
साउन ६ २०८३, बुधबार
धरानका प्रा.डा. भीमप्रसाद खतिवडालाई प्रधानमन्त्री बालेनले गरे उपकुलपतिमा नियुक्त

धरानः नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा भीमप्रसाद खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
उपकुलपतिमा नियुक्त भएका खतिवडालाई शिक्षामन्त्री सस्मित पोखरेलले शपथ खुवाएका छन् ।
अध्यादेशबाट विश्वविद्यालयका उपकुलपति बर्खास्तमा परेपछि संस्कृत विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरिएको हो ।
उपकुलपति पदका लागि पाँच जना उम्मेदवारको नामसहितको अल्पसूची (सर्टलिस्ट) सार्वजनिक गरिएको थियो । अल्पसूचीमा ऋषिराम रेग्मी, कार्तिकेय झा, गुरुप्रसाद सुवेदी, प्रा.डा. भीमप्रसाद खतिवडा र मुकुन्दप्रसाद लामिछाने रहेका थिए ।
समितिले कुलपति समक्ष सिफारिस गर्ने र कुलपतिले विश्वविद्यालयमा एक जनालाई उपकुलपतिमा नियुक्त गर्ने व्यवस्था छ।
यसअघि पनि उनी निमित्त उपकुलपति नियुक्त भएका थिए ।  यसअघि २०८१ साल भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाध्यक्ष प्रा डा खतिवडालाई तीन महिनाका लागि नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका थिए ।
प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम सोमबार उक्त जिम्मेवारी दिएका थिए । यसअघि २०७८ वैशाखमा सोही विश्वविद्यालयको शिक्षाध्यक्ष पदमा नियुक्त भएका थिए ।
नेपाल संस्कृत विश्व विद्यालयको ऐन २०४३ नियम १७ अनुसार उपकुलपति प्राडा यादव प्रकाश लामिछानेको सिफारिसमा खतिवडा नियुक्त भएका थिए ।
उनलाई प्रधानमन्त्रीको कार्यालयले वैशाख २६ गतेको निर्णयमा वैशाख ३० गतेदेखि लागू हुनेगरी नियुक्ति पाएका थिए । साहित्यकार समेत रहेका उनी धरानका स्थायी बासिन्दा हुन् ।

प्रकाशित मिति: साउन ६ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend