Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट समातिए भाग्दै आएका चन्द्रध्वज राई र नविन राई

हाम्रो कोशी आवाज
साउन ७ २०८३, बिहिबार
धरानबाट समातिए भाग्दै आएका चन्द्रध्वज राई र नविन राई

धरानः धरानबाट चन्द्रध्वज राई पक्राउ परेका छन् ।
धनकुटा नगरपालिका वडा नं. ३ बस्ने वर्ष ४७ को राईलाई धरान उपमहानगरपालिका वडा नं. ८ बाट पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याई आवश्यक कारवाहीको लागि सुनसरी जिल्ला अदालत पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्ला अदालतबाट मिति २०८२ पुस २२ गतेको फैसलाले मुद्दा नम्बर ०८१ सी १–०३२२ भएको लागूऔषध मुद्दामा तीन वर्ष कैद सजाय र जरिवाना २ लाख रुपैयाँ तोकिएको र उनी फरार रहँदै आएको प्रहरीले जनाएको छ ।

यसैबीच झुम्का कारागारबाट फरार रहेका लागूऔषध तथा जबर्जस्ती करणी मुद्दाका एक कैदी पक्राउ परेका छन् ।
२०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका सुनसरीको धरान उपमहानगरपालिका–८ बस्ने ३० वर्षीय नविन भन्ने किशोर राईलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका राईविरुद्ध लागूऔषध तथा जबर्जस्ती करणी मुद्दा रहेको छ । उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

 

प्रकाशित मिति: साउन ७ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend