धरानः धरानमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
धरान-६ पानबारीस्थित मदन भण्डारी लोकमार्गमा आफैले चलाएको मोटरसाइकल सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
मे१२प २०३ नम्बरको मोटरसाइकलमा सवार झापा दमक-१ बस्ने ५० वर्षीय गिरिराज शेर्मा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । केराबारीबाट धरानतर्फ आउँदै गर्दा धरानको पानबारीस्थित मालपोत कार्यालयनजिकै मोटरसाइकल दुर्घटनामा परेको हो । तीब्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले तत्कालै उठाएर बीपी प्रतिष्ठान ल्याइपुरयाएको छ । चिकित्सक मृत घोषणा गरिसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।