Hamro Koshi Aawaj

बुधबार, साउन १३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट जाँदै गरेको ट्रकमा एक्कासी ब्रेक फेलपछि आगलागी, चालक विशाल राईको मृत्यु

हाम्रो कोशी आवाज
साउन १२ २०८३, मंगलबार
धरानबाट जाँदै गरेको ट्रकमा एक्कासी ब्रेक फेलपछि आगलागी, चालक विशाल राईको मृत्यु

धरानः धनकुटामा ब्रेक फेल भई लोबेट (ट्रक) मा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।
हाइड्रोपावरको सामान बोकेर धरानबाट पाँचथरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक सोमबार राति ब्रेक फेल भई सडकमा पल्टिएपछि आगलागी भएको प्रहरीले जनाएको छ ।
तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित फलामेटारमा ट्रक दुर्घटना हुँदा आगलागी समेत भएको थियो । आगलागीमा जलेर चालकको मृत्यु भएको हो । ट्रकको अगाडीको भागमा आगो लागेकोमा चालक भोजपुर बस्ने अन्दाजी ३० वर्षीय बिशाल राई जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी फलामेटारबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
ब्रेकफेल भई सडकको भित्तामा ठोक्किँदा अचानक आगोलागी भएको उनले जानकारी दिए । तत्कालै अस्थायी प्रहरी पोष्ट फलामेटारबाट प्रहरी सहायक निरीक्षक खिलराज भट्टराईको कमाण्डमा प्रहरी टोली गएर आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सह–चालक तेह्रथुम म्याग्लुङ–९ बस्ने १८ वर्षीय सञ्जीव संगौला सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन १२ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend