Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानका डाक्टर विश्वका उत्कृष्ट १० विज्ञमा छानिए

हाम्रो कोशी आवाज
साउन १३ २०८३, बुधबार
धरानको बीपी प्रतिष्ठानका डाक्टर विश्वका उत्कृष्ट १० विज्ञमा छानिए

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर विश्वका उत्कृष्ट १० विज्ञमध्येमा परेका छन् ।
जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विभागका एडिसनल प्रोफेसर एवं डाइबिटोलोजिस्ट डा. अजय यादव अन्तर्राष्ट्रिय मधुमेह महासंघको प्रतिष्ठित शारीरिक गतिविधि कार्यान्वयन समितिमा चयन भएका छन् ।
प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठका अनुसार विश्वभरका सयौं विज्ञमध्येबाट छनोट गरिएका उत्कृष्ट १० विशेषज्ञमध्ये नेपालका तर्फबाट डा. यादव चयन भएका हुन् । यो नेपाल र बीपी प्रतिष्ठानका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धि मानिएको उनले बताए ।
अन्तर्राष्ट्रिय मधुमेह महासंघ विश्वका १६३ देशका २६४ राष्ट्रिय मधुमेह संघहरूको छाता संस्था हो । मधुमेह तथा यसका जटिलता रोकथामका लागि शारीरिक गतिविधिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले समिति गठन गरिएको हो ।
डा. यादव लामो समयदेखि मधुमेहको उपचार, परामर्श, रोकथाम तथा स्वस्थ जीवनशैली प्रवद्र्धनमा सक्रिय रहँदै आएका छन् । उनले रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल तथा प्रत्यक्ष जनचेतनामूलक कार्यक्रममार्फत मधुमेह रोकथामबारे निरन्तर जनचेतना फैलाउँदै आएका छन् ।
प्रतिष्ठानले डा. यादवको यो उपलब्धिले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान अझ सुदृढ हुने र स्वास्थ्य प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति: साउन १३ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend