Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मेजर लिम्बूको स्मृतिमा डिपो बास्केटबल शुरु

हाम्रो कोशी आवाज
साउन १५ २०८३, शुक्रबार
धरानमा मेजर लिम्बूको स्मृतिमा डिपो बास्केटबल शुरु

धरानः डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ ।
डिपो माध्यमिक विद्यालयको खेल मैदानमा भएको चार खेलमा क्रमशः हिमालयन मेघा एकाडेमी धरान, हिमशिखर इङ्लिस बोर्डिङ स्कुल इटहरी, डिपो माध्यमिक विध्यालय धरान र दिल्ली पब्लिक स्कुल धरानले आफ्नो खेलमा जित निकालेका छन् ।
प्रतियोगितामा हिमालयन मेघा एकाडेमीले अरनिको इङ्लिस बोर्डिङ स्कुललाई ६१–३० अङ्कले पराजित गरेको थियो । खेलमा हिमालयन मेघाले प्रत्येक क्वाटरमा १२–८, १७–६, १५–७ र १६–९ अङ्कले जित निकालेको हो । यसैगरी हिमशिखर बोर्डिङ स्कुलले सियोन स्कुल धरानलाई ३५–२३ अङ्कले पराजित गरेको थियो । हिमशिखरले प्रत्येक क्वाटरमा ७–५, १३–५, ७–५ र ८–८ अङ्कले जित निकालेको हो ।
यसैगरी डिपो माध्यमिक विद्यालय र आइडल बोर्डिङ स्कुल धरानबीच भएको उदघाटन खेलमा डिपो माध्यमिक विद्यालय विजयी भयो । डिपोले २८–२० अङ्कले नतिजा आफ्नो पक्षमा पारेको थियो । खेलमा डिपोले प्रत्येक क्वाटरमा १०–४, ४–२, ६–८ र ८–६ को नतिजा निकालेको थियो । यसैगरि ब्राइट प्mयुचर एकाडेमी मोरङ खेल मैदानमा उपस्थित नभएपछि दिल्ली पब्लिक स्कुल धरानको स्वतः विजेता घोषित भएको थियो ।
कक्षा–१० सम्मका विद्यार्थीलाई लक्षित गरिएको यो प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरी १६ विद्यालयले भाग लिएका छन् । साउन १५ देखि १९ गतेसम्म हुने यो बास्केटबल प्रतियोगितामा बिजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र पाउनेछन् ।
यो प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बुको स्मृतिमा आयोजना गर्न लागिएको हो । संस्थापक अध्यक्ष लिम्बूले विद्यालयको नेतृत्व गरिरहेकै बेला कोरोना महामारीमा २०७८ साल साउन १५ गते ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: साउन १५ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend