Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘प्रेम फैलाऔं’ !

हाम्रो कोशी आवाज
साउन १७ २०८३, आइतबार
धरानमा ‘प्रेम फैलाऔं’ !

जातीय र धार्मिक सहिष्णुताका लागि एकता सन्देश र्‍याली

धरानः धरानमा जातीय तथा धार्मिक सहिष्णुता र शान्ति कायम गर्ने उद्देश्यका साथ सदभाव र्‍याली आयोजना गरेका छन् ।
सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई पक्षीय युवा समूहबीच भएको विवादले उग्र रूप लिएपछि उत्पन्न तनावलाई साम्य पार्न र सामाजिक एकता कायम राख्न धरानमा ‘सामाजिक सद्भाव रयाली’ निकालिएको हो ।
सुनसरी उद्योग वाणिज्य संघ धरानको अगुवाईमा भएको रयाली भानुचोकबाट शुरु भई छाताचोक, पुरानो बजार, देशीलाइन हुँदै पुनः भानुचोकमा आएर टुंगिएको थियो । रयालीमा सहभागीहरूले हिन्दू र मुस्लिम दुवै समुदायलाई संयम अपनाउन र वर्षाैंदेखिको आपसी भाइचारा कायम राख्न अपिल गरेका छन् । धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले धरान स्थापनाकालदेखि मिलेर बसेको सहर भएको बताउँदै समाजमा बढ्दै गएको विद्वेषलाई रोकी सामाजिक एकता, सहिष्णुता र आपसी सम्मानको वातावरण बनाइनुपर्ने बताए ।
तराईका विभिन्न जिल्लामा हालै उत्पन्न धार्मिक तथा जातीय तनावका बीच सामाजिक सद्भावको सन्देश प्रवाह गर्न यो रयाली निकालिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले बताए । रयालीमा सहभागीहरूले समाजमा विद्यमान सबै धर्म र जातिबीच आपसी मेलमिलाप र भ्रातृत्व कायम हुनुपर्नेमा जोड दिएका थिए ।
धरानमा घृणा रोकौं, प्रेम फैलाऔं, हाम्रो धरान राम्रो धरान, एकता हो पहिचान जस्ता नारा लगाइएको सद्भाव रयालीमा विभिन्न सम्प्रदायका नागरिक सहभागी भएका थिए ।
केही दिनयता सुनसरीसहित तराईका केही जिल्लामा भएको झडपमा परी तीनजनाको मृत्यु भएको थियो । कार्यक्रममा दिवंगत बनेका व्यक्तिहरुको सम्झनामा दीप प्रज्ज्वलन समेत गरिएको थियो ।
धार्मिक सहिष्णुता बिग्रने गरी सिर्जना भएको द्वन्द्व अन्त्य गर्न र देशलाई एकता र शान्तिको सन्देश दिन रयाली गरिएको उवासंघका महासचिव विष्णु बरालले जानकारी दिए ।

प्रकाशित मिति: साउन १७ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend