धरानःधरानमा पैदल हिँडिरहेका युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी गस्ती टोलीले सुनसरी धरान उपमहानगरपालिका वडा नं. ११ बानडाँडा लाइनमा पैदल हिँडिरहेका ३१ वर्षीय डिकेन्द्र तामाङ र धनकुटा पाख्रिबास नगरपालिका वडा नं. ५ बस्ने वर्ष २० प्रजोल राईलाई शंका लागेर खानतलासी तथा चेकजाँच गर्दा लागूऔषध फेला परेको थियो ।
उनीहरूको साथबाट लागूऔषध डिसीयाक्लो–९०० (नौ सय ) पिस र ट्रामोल–९०० पिस फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।
यस्तै, इनरुवा नगरपालिका वडा नं.–१० टोकी नहर चोक स्थितमा अस्थायी प्रहरी पोष्रुट साम्बालाबाट खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा जाल्पापुरबाट टोकी नहर तर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाईकलमा सवार दुई जना मानिसहरुले प्रहरी गस्ती टोलीलाई देख्नासाथ प्लाष्टिकको झोला फाली मोटरसाइकलमा फरार भएको र सो झोला खोली हेर्दा लागूऔषध १० हजार पिस फेला परेको पहरीले जनाएको छ । फरार मोटरसाइकल र मानिसहरुको खोजतलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।