Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरपालिकाका सरसफाइकर्मीको निधनमा शोकबिदा

हाम्रो कोशी आवाज
साउन २१ २०८३, बिहिबार
धरान उपमहानगरपालिकाका सरसफाइकर्मीको निधनमा शोकबिदा

धरानः सरसफाई शाखामा कार्यरत् सफाइकर्मी मन्दीप राईको निधनप्रति शोक व्यक्ति गर्दै धरान उपमहानगरपालिकाले बिहीबार शोकबिदा दिएको छ ।
बिहीबार बिहानै उनले आत्महत्या गरेको नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिएका छन् । २०८१ भदौ १ गतेदेखि कार्यरत सफाइकर्मी राईको निधन भएको हो ।
उनको निधन भएपछि कार्यवाहक नगर प्रमुखस्तरीय निर्णयबाट बिहीबार एकदिन नगर कार्यपालिकाको कार्यालय तथा अत्यावश्यक सेवाबाहके मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरूमा शोक विदा दिने उपमहानगरपालिकाले जनाएको छ ।
शोकविदाको कारण बिहान ९ बजे बस्ने भनिएको कार्यपालिका बैठक र नगरसभा स्थगित गरिएको कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले जानकारी दिए । उनले भोलि बिहान ९ बजे कार्यपालिका र दिउँसो १ बजे नगरसभा हुने जानकारी समेत दिए ।
अहिले धरान उपमहानगरपालिकाको बजेट होलिडेमा छ । कानुनतः असार १० गतेभित्र बजेट आइसक्नुपर्ने तर आर्थिक वर्ष शुरु भइसक्दा पनि बजेट आएको छैन ।

प्रकाशित मिति: साउन २१ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend