Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भेडेटारमा ६४७ केजी गाँजासहित समातिए

हाम्रो कोशी आवाज
साउन २१ २०८३, बिहिबार
भेडेटारमा ६४७ केजी गाँजासहित समातिए

धनकुटा साँगुरीगढी गाउँपालिका–०६ भेडेटार चोकस्थित ट्रकमा लुकाइछिपाई ल्याईएको ६४७ किलोग्राम गाँजासहित चालक र सहचालकलाई पक्राउ गरिएको छ ।
बिहीबार बिहान करिब ५ः३० बजे साँगुरीगढी गाउँपालिका–०६ भेडेटार चोकस्थित कोशी लोकमार्गमा विराटनगरतर्फ जाँदै गरेको ना३ख ५०९५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी हेमन्त भण्डारीले जानकारी दिए ।
चेकजाँचका क्रममा ट्रकभित्र कालो प्लाष्टिकमा प्याक गरी लुकाइछिपाई राखिएको ४८ पोका गाँजा फेला पारी सो गाँजाको तौल गर्दा जम्मा ६४७ किलोग्राम रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न ट्रक चालक जिल्ला मकवानपुर, कैलाश गाउँपालिका –०३ निवासी २७ वर्षीय उमेश थिङ र सहचालक जिल्ला धनकुटा, शहिदभूमि गाउँपालिका –०१ बस्ने ३६ वर्षीय तुलराम राईलाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवैजनालाई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन २१ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend