धरानः धरानमा युवतीसहित तीनजना पक्राउ परेका छन् ।
लागूऔषध ब्राउन सुगर ०.९३ ग्राम फेला परेपछि तीनजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धरान–११ बस्ने वर्ष ३२ को उमेश कार्की, वर्ष ३३ को रुद्र मगर र धरान–१६ बस्ने वर्ष २४ कि स्वस्तिका गुरुङ रहेका छन् । उनीहरुलाई प्रहरीले खानतलासी तथा चेकजाँच गर्दा साथबाट ब्राउन सुगर फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
धरान उपमहानगरपालिका वडा नं.–११ रिटिङ टोलमा कृष्ण राईको घरमा लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट प्रहरी टोली पुग्दा प्रहरी देख्नासाथ घरधनी कृष्ण राई फरार भएका छन् ।
उनीहरुमाथि थप अनुसन्धान गर्ने कार्य भइरहेको र फरार भएका कृष्णको खोजतलास गर्ने कार्य समेत भइरहेको प्रहरीले जनाएको छ ।