Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हर्क साम्पाङको पार्टीबाट सुनसरी जिल्ला सहसचिवले राजीनामा दिइन्

हाम्रो कोशी आवाज
साउन २४ २०८३, आइतबार
हर्क साम्पाङको पार्टीबाट सुनसरी जिल्ला सहसचिवले राजीनामा दिइन्

धरानः श्रम संस्कृति पार्टीकी जिल्ला सहसचिव संगम राई प्रधानले पदबाट राजीनामा दिएकी छिन् ।
उनले आफूले पदमा रहेर काम गर्न नसक्ने र व्यक्ति साथै व्यस्तताका कारण समय दिन नसकेकोले राजीनामा दिएको जनाएकी छिन् । उता साम्पाङले भने अहिलेसम्म थाहा नपाएको बताएका छन । नगर अध्यक्ष दिनेश वान्तवा राईले उनले पार्टीबाट राजीनामा बुझाएको सत्य भएको बताउँदै छिटोभन्दा छिटो पार्टीले यसबारेमा निर्णय लिनुपर्ने बताए ।
राईले फेसबुकमा हालेको पोष्ट यस्तो छः

राजीनामा पत्र
मिति: २०८३/०४/२३ गते
श्रीमान् जिल्ला अध्यक्षज्यू
श्रम संस्कृति पार्टी
सुनसरी जिल्ला समिति
सुनसरी।
विषय: सह–सचिव पदबाट राजीनामा सम्बन्धमा।
महोदय,
म श्रम संस्कृति पार्टी, सुनसरी जिल्ला समितिको सह–सचिवको जिम्मेवारीमा रही पार्टीको नीति, उद्देश्य र संगठनको हितमा आफ्नो तर्फबाट सक्दो योगदान गर्दै आएको छु।
तर पछिल्लो समय व्यक्तिगत समस्या तथा व्यस्तताका कारण पार्टी संगठनलाई आवश्यक पर्ने समय र जिम्मेवारीअनुसारको सक्रियता दिन नसक्ने अवस्था सिर्जना भएको हुँदा आफ्नो पदको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको महसुस गरेको छु।
यस परिस्थितिलाई मध्यनजर गर्दै आजको मितिदेखि लागू हुने गरी श्रम संस्कृति पार्टी, सुनसरी जिल्ला समितिको सह–सचिव पदबाट आफ्नो राजीनामा पेश गर्दछु। मेरो राजीनामालाई स्वीकृत गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।
पार्टीमा रहँदा प्राप्त सहयोग, विश्वास, सद्भाव र अवसरका लागि जिल्ला समिति तथा सम्पूर्ण पार्टी परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु। आगामी दिनमा पनि पार्टी र देशको हितमा आफ्नो क्षमताअनुसार सहयोग र सद्भाव कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछु।
धन्यवाद।
निवेदक
नाम: संगम राई प्रधान
पद: सह–सचिव, सुनसरी जिल्ला समिति

प्रकाशित मिति: साउन २४ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend