Hamro Koshi Aawaj

मंगलबार, भाद्र २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट जेनजी आन्दोलनमा भागेका भारतीय नागरिक समातिए

हाम्रो कोशी आवाज
साउन २५ २०८३, सोमबार
धरानबाट जेनजी आन्दोलनमा भागेका भारतीय नागरिक समातिए

धरानः जेनजी आन्दोलनमा भागेका एकजना धरानबाट पक्राउ परेका छन् ।
जेनजी आन्दोलनको क्रममा झुम्का कारागारबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका वडा नं. ७ स्थित डेरा गरी बस्ने वर्ष ३२ को मो. सहजादालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
खोजतलास गर्ने धरान–७ स्थित डेरा गरी बस्ने घर कोठाबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याइ झुम्का कारागार पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उनी मुद्दा नं. ०८१–सी१–०५१९ को लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालत इनरूवाबाट मिति २०८२।०१।०७ गतेको फैसलाले तीन वर्ष छ महिना कैद र १ लाख ४० हजार रुपैयाँ जरिवाना तोकी झुम्का कारागारमा भुक्तान गरिरहेका थिए । प्रतिवादी भारतको भागलपुर बिहान थाना हविपुर घर भई हाल धरानमै बसोबास गर्दै आएका थिए ।

प्रकाशित मिति: साउन २५ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend