धरानः धरानका दुईजना लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका–१४ का ३५ वर्षीय शंकर तामाङलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यस्तै, पक्राउ पर्नेम धरान–१० बस्ने १७ वर्षीय इमन तेम्बे र धरान–११ बस्ने ३३ वर्षीय अमृत लिम्बू रहेको प्रहरीले जनाएको छ । धरान उपमहानगरपालिका वडा नं. १९ हरियाली चोकमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरेको अवस्थामा शंका लागेर खानतलासी तथा चेकजाँच गर्दा निजहरुको साथबाट लागूऔषध खैरो हिराइन (ब्राउन सुगर) फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
उनीहरुको साथबाट ०.६६ ग्राम ब्राउन सुगर फेला परेको र लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
साथै सुनसरीको इटहरी उप-महानगरपालिका–८ गैसार स्थितमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशीक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी ३-का २९ वर्षिय सरोज काफ्ले र भारत घर भई इटहरी–८ गैसारमा डेरा गरी बस्ने ३२ वर्षिय अवदेश सिंहको कोठा खान तलासी गर्दा १० ग्राम ५७० मिलिग्राम ब्राउन सुगर फेला परे संगै दुबैजनालाई नियन्त्रणमा लिएको हो भने सोही टोली र इलाका प्रहरी कार्यालय पकलीको संयुक्त प्रहरी टोलीले इटहरी–२ की २९ वर्षिया भावना गुरुङलाई १० ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित इटहरी-१७ स्थितबाट पक्राउ गरेको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्कले को.१२ प.७९६४ नम्बरको स्कुटरमा रहेका इटहरी–१७ का १९ वर्षिय राम बाबु चौधरी र १८ वर्षिय आकेश कुमारलाई २ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी–१७ का २२ वर्षिय अभिषेक चौधरी २४ वर्षिय समिर कुमार र मोरङ उर्लाबारी नगरपालिका–६ घर भई हाल इटहरी–६ मा डेरा गरी बस्ने ३१ वर्षिय सुरज कार्कीलाई २ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङले धनकुटाको शहिदभूमी गाउँपालिका–२ कामीटोल स्थितबाट सोही स्थानका ३१ वर्षिय रविन्द्र राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल -१५० क्याप्सुल र स्पास्रेट- १५० क्याप्सुल सहित पक्राउ गरेको छ ।