Hamro Koshi Aawaj

शुक्रबार, भाद्र ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा स्कुल बसको ठक्करले बालक गम्भीर घाइते

हाम्रो कोशी आवाज
भाद्र ३ २०८३, बुधबार
धरानमा स्कुल बसको ठक्करले बालक गम्भीर घाइते

धरानः धरानमा स्कुल बसको ठक्करले एकजना बालक गम्भीर घाइते बनेका छन् ।
धरान-५ किरात चोकमा देउरालीबाट बगरकोटतर्फ जाँदै गरेको को१क ७६६ नम्बरको सत्य शिशु निकेतन सेकेन्डरी स्कुल धरान-१५ को स्कुल बसले धरान–५ बस्ने ६ वर्षीय निहाङ राईलाई ठक्कर दिँदा उनी घाइते बनेको प्रहरी सहायक हवल्दार गणेश घिमिरेले जानकारी दिए ।
उनको टाउको, ढाड, दायाँ हातमा चोट लागेको छ । उनलाई तत्कालै उद्दार गरी धरानस्थित विजयपुर अस्पतालमा भर्ना गरिएको र थप उपचारका लागि हाल विराटनगरस्थित विराट नर्सिङ होमका लगिएको प्रहरीले जनाएको छ ।
बस र बस चालक धरान–८ बस्ने ५५ वर्षीय धनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ । घटना मंगलबार साढे ४ बजेको हो ।
धरानमा स्कुल बस तीब्र गति (ओभर स्पीड) मा चलाउने गरिएको प्रहरीले जनाएको छ । सवारी दुर्घटनाका क्षेत्रमा भएका अध्ययन–अनुसन्धानले तीब्र गतिलाई दुर्घटनाको प्रमुख कारणका रूपमा औँल्याएको छ ।
यातायात व्यवस्था विभागले ‘स्कुल बस निर्देशिका– २०७४’ जारी गर्दै बस प्रतिघण्टा ३० किलोमिटरका दरले मात्र सवारी चलाउन पाउने निर्देश गरेको छ ।

प्रकाशित मिति: भाद्र ३ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend