Hamro Koshi Aawaj

शुक्रबार, भाद्र ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जसले लुटे धरानदेखि काठमाडौंसम्म सुन, धरानमा घाँटीबाट लुटेको सुन बरामद

हाम्रो कोशी आवाज
भाद्र ३ २०८३, बुधबार
जसले लुटे धरानदेखि काठमाडौंसम्म सुन, धरानमा घाँटीबाट लुटेको सुन बरामद

धरानः धरानमा सुनको सिक्री लुटेर भागेका मानिसहरु पक्राउ परेका छन् ।
गत साउन २२ गते धरान-१५, पाथीभरा लाइन प्रहरी चौकीनजिकै हिँडिरहेको अवस्थामा हाइमती राईको घाँटीमा लगाएको करिब २.५ तोलाको सुनको सिक्री लुटिएको थियो ।
धरानमा बाइकमा सवार दुईजना व्यक्तिले सिक्री लुटेर फरार भएका थिए । पक्राउ पर्नेमा ३२ वर्षीय योगेन्द्र तामाङ, ३६ वर्षीय देवेन्द्र थापामगर रहेका छन् । योगेन्द्रको घर भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ र देवेन्द्रको घर रामेछाप दोरम्बा गाउँपालिका–२ रहेको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले उनीहरूले धरान पाथिभारा लाइनबाट महिलाको साढे दुई तोलाको सुनको सिक्री लुटेको खुलेको बताएका छन् ।
धरानमा महिलाको सुन लुटेको एकहप्तामै पुनः योगेन्द्र र देवेन्द्रले सुनसरीको इटहरीमा पनि एक महिलाको गलाबाट तीन तोलाको सिक्री लुटेको खुलेको प्रहरीले जनाएको छ । इटहरीबाट लुटेको सुन काठमाडौं लाँदै गर्दा उनीहरू समातिएका हुन् । प्रहरीले उनीहरूको साथबाट सुनको सिक्री समेत बरामद गरेको छ ।
काले भनेर चिनिने योगेन्द्र, देवेन्द्रसहित मिलन विक र सन्जीत साम्नत अहिले ललितपुर प्रहरीको हिरासतमा रहेको प्रहरीले जनाएको छ । उनीहरू चारजनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले भदौ १ गते पक्राउ गरेको हो ।
असार २६ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ विगमार्टनजिक मोटरसाइकलमा आएका दुईजनाले महिलाको सिक्री लुटेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्दा उनीहरूको संलग्नता खुलेको हो ।
उनीहरु डाका समूह रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानका क्रममा लुटपाटको सुन खरिद गर्ने गरेको आधारमा भारतीय नागरिक सन्जीत र मिलन विकलाई पनि पक्राउ गरेको छ ।
प्रहरीको अनुसन्धानका क्रममा योगेन्द्र र देवेन्द्रले पूर्वका ठूला सहर र काठमाडौंलाई आधार बनाएर लुटपाट गर्दै आएको खुलेको छ । उनीहरू महिलाको रेकी गर्दै एकान्त र लुटेर भाग्न सहज हुने ठाउँ ढुकेर बस्ने र लुटेर भाग्ने गरेको प्रहरीले बताएको छ । उनीहरूले सिक्री लुट्नकै लागि समूह बनाएर हिँड्ने गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: भाद्र ३ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend