धरानः धरानमा मोटरसाइकलको ठक्करले एकजना गम्भीर घाइते बनेका छन् ।
धरान-१७ फोकल्याण्ड टापुमा बस्ने ३० वर्षीय बिनोद राईलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते बनेका हुन् । उनकै घर अगाडि प्रदेश १–०२–०४७ प ५५१८ नम्बरको (२२० बजाज कम्पनी) मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा उनको टाउको चोट लागेर तत्काल बोल्न नसक्ने गम्भीर अवस्थामा धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका लागि ल्याइएको अस्थायी प्रहरी चौकी रेल्वेका प्रसनि युवराज लुङगेली मगरले जानकारी दिए ।
मोटरसाइकल चालक धनकुटा सहिदभुमी गाउँपालिका ६ बस्ने २६ वर्षीय सञ्जीव राईलाई मोटरसाइकलसहित प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । विनोदले हतारमा बाटो क्रस गर्दैगर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उनको थप उपचारका लागि अहिले विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।