Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी युवती र युवा लागूऔषधसहित समातिए

हाम्रो कोशी आवाज
भाद्र १० २०८३, बुधबार
धरानकी युवती र युवा लागूऔषधसहित समातिए

धरानः धरानमा लागूऔषधसहित एकजना युवा पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. १५ त्रिवेणी चोकमा अस्थायी प्रहरी चौकी नयाँ बसपार्क धरानबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेको अवस्थामा एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान–५ बस्ने २२ वर्षीय सूर्य लावतीलाई शंका लागेर खानतलासी तथा चेकजाँच गर्दा निजको साथबाट लागूऔषध ट्रामाडोल, १५० क्याप्सुल, डिकोलिक ५० ट्याब्लेट र अनजिन १०० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । लावतीलाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरान सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, धरान उपमहानगरपालिका वडा नं. २० बस्ने २१ वर्षीय अञ्जली राईलाई शंका लागेर खानतलासी तथा चेकजाँच गर्दा निजहरूले बोकेको झोलाबाट लागूऔषध गाँजा १०.०३ के.जी. सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं.१३ स्थितमा प्रहरी चौकी खनार सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी लोकमार्ग नहर छेऊ भित्री सड्क खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को२ह ४९७२ नम्बरको अटो चालक मोरङ सुन्दरहैंचा नगरपालिका वडा नं. १२ बस्ने ५० वर्षीय विजय चौधरीसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । अटोमा सवार उनीले बोकेको झोलामा गाँजा फेला परेको हो ।

प्रकाशित मिति: भाद्र १० २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend