Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चौतर्फी आलोचनापछि हर्क साम्पाङको घोषणाः प्रधानमन्त्री कोषमा १५ लाख जम्मा गर्छौं

हाम्रो कोशी आवाज
भाद्र १४ २०८३, आइतबार
चौतर्फी आलोचनापछि हर्क साम्पाङको घोषणाः प्रधानमन्त्री कोषमा १५ लाख जम्मा गर्छौं

धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री राहत कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।
धर्नाढुक लागेर पार्टीकै क्युआरमा पैसा हाल्नुहोला, सरकारको भर छैन भन्दै स्टाटस लेखिरहँदा चौतर्फी आलोचना भएपछि उनले ढिलोगरी आइतबार मात्रै सो घोषणा गरेका हुन् । उनले राज्यलाई नै च्यालेन्ज दिँदै यस्तो विपदको घडीमा पनि ‘नामको चर्चा पाउने भए’ श्रम संस्कृति पार्टीको खातामा पैसा पठाउन आग्रह गरिरहेका थिए । अधिकांश जनताले अहिलेसम्म आफूले एक रुपैयाँ पनि सहयोग नगरेको तर खाली मागेकै भरमा पार्टीलाई राम्रो देखाउन र घिनलाग्दो, नसुहाउँदो राजनीति गरिरहेको भन्दै चर्को आलोचना गरिरहेका थिए । उनले सरकारको भर नपर्नु, विश्वास नगर्नु भन्दै फेसबुकमा लेखिरहँदा अधिकांश जनताको आक्रोश पोखेका थिए । यसअघि अभियान चलाउँदाजस्तै उनले पार्टीका केही व्यक्तिको क्युआरमार्फत् राहत सहयोग मागिरहेका थिए । सरकारले नै क्युआरमार्फत् सहयोगको याचना गरिरहेको समयमा उनको यो हर्कत अधिकांशले मन पराएका थिएनन् । उनले विपदको घडीमा समेत घिनलाग्दो राजनीति गरिरहेको अधिकांशले बुझ्दै गएका थिए । उनी आफूचाहिँ फिल्डमा नजाने, सरकारको विरोध गरिरहने र पार्टी विस्तार गर्दै हिँड्ने भन्दै अहिले पनि खुब आलोचना भइरहेको छ ।
उनले पार्टीको तर्फबाट १५ लाख रुपैयाँ प्रधानमन्त्री कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।
‘हाम्रो कलिलो तर मलिलो श्रम संस्कृति पार्टीले बाढीपीडितकोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गर्दछौं, यो अहिलेलाई हाम्रो पार्टीको तर्फबाट हो र पछि राहत तथा साथ अभियानबाट अरु धेरै थप्नेछौं ।’ उनले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति: भाद्र १४ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend