Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा श्रम संस्कृति पार्टीको बैठक : बाढीपीडितलाई १५ लाख, सुदनसँगको एकता अनुमोदन

हाम्रो कोशी आवाज
भाद्र १६ २०८३, मंगलबार
धरानमा श्रम संस्कृति पार्टीको बैठक : बाढीपीडितलाई १५ लाख, सुदनसँगको एकता अनुमोदन

धरानः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रसुवामा आएको बाढीका पीडितहरुको लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
सुनसरीको धरानमा बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री राहत कोषमा पार्टी कोषबाट १५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता सत्य घलेले बताए । उनले आगामी १९ गते पार्टी अध्यक्ष साम्पाङ नेतृत्वको टोली बाढी पीडितको लागि राहत सामाग्री लिएर जाने पनि निर्णय भएको बताए ।
बैठकले यसअघि पार्टीमा प्रवेश गरेका सुदन किराँती समूहसँगको एकतालाई पनि अनुमोदन गरेको छ । घलेका अनुसार सुदन किरातीको ३ जनालाई पदाधिकारीमा र १५ जना केन्द्रीय सदस्य रहने गरी अनुमोदन गरिएको हो । यस्तै बैठकले केन्द्रीय सदस्यद्वय शान्ति पाख्रिन र प्रसाद राईलाई केन्द्रीय सचिवमा नियुक्त गरेको छ । केन्द्रीय समितिको बैठक भोलि (बुधधार) पनि बस्ने घलेले बताए । ‘सुदन किराँतीसहितको पहिलो पूर्ण बैठक भोली बस्छ,’ उनले भने । बैठकमा हर्क साम्पाङले मौखिक रुपमै एजेण्डा राख्ने र छलफल हुने उनले बताए ।

प्रकाशित मिति: भाद्र १६ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend