Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आउँदै गरेको बसमा भेटियो लागूऔषध, दुईजना समातिए

हाम्रो कोशी आवाज
भाद्र १९ २०८३, शुक्रबार
धरान आउँदै गरेको बसमा भेटियो लागूऔषध, दुईजना समातिए

धरानः धरान आउँदै गरेको बसमा लागूऔषध भेटिएपछि पक्राउ परेका छन् ।
इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपिया जंगलस्थित कोशी लोकमार्गमा प्रहरी चौकी तरहरा, ट्राफिक प्रहरी पोष्ट तरहरा र कोशी प्रदेश प्रहरी कार्यालय धरान केनाइन शाखाबाट डग स्नाफिङसहित संयुक्तरुपमा खटिएको चेकिङ टोलीले इटहरीबाट धरानतर्फ आउँदै गरेको यात्रुबाहक बसमा सवार यात्रुबाट लागूऔषध भेटिएको हो ।
सुनसरीको हरिनगरा गाउँपालिका वडा नं. २ बस्ने वर्ष १८ को एइसन मन्सुरी र दुहवी नगरपालिका वडा नं. २ बस्ने वर्ष २० को मोहमद दिलकशलाई खानतलासी तथा चेकजाँच गर्दा उनीहरू साथबाट लागूऔषध भेटिएको हो । नाइट्राजेपाम ट्याब्लेट १९० पिस फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरी देवानगंज गाउँपालिका वडा नं. ३ पाँचौ सिमरमा प्रहरी चौकी कप्तानगञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को. २५ प. ७८९७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिको साथबाट ब्राउन सुगर भेटिएको छ ।
सन्दीप कुमार मेहतालाई खानतलासी तथा चेकजाँच गर्दा निजको साथबाट लागू औषध ब्राउन सुगर ०.२१ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र १९ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend