धरानः धरानको विष्णु मेमोरियल माध्यमिक विद्यालय र नवोदय कलेजकी छात्राले प्रथम स्थान हासिल गरेका छन् ।
यस वर्षको अन्तर विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा विष्णु स्कुलकी कक्षा–१२ मा अध्ययनरत् सलोमी लिम्बूले प्रथम स्थान हात पारिन् । यस्तै, वक्तृत्वकला नवोदय कलेजकी कक्षा–११ को विज्ञान सङ्कायमा अध्ययनरत् छात्रा भुजेल प्रथम बनेकी हुन् ।
उत्कृष्ट चित्रकला र वक्तृत्कलामा कला प्रस्तुत गर्दै बिजेता बनेका उनीहरूले आकर्षक मायाको चिनो, विजेता प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरे ।
धरान–१६ स्थित इस्कोन मन्दिरले विद्यालयस्तरीय विभिन्न प्रतियोगिता आयोजना गरेको थियो । कृष्ण जन्माष्टमीको अवसर पारेर वर्षेनी यस्ता कार्यक्रम हुँदै आएको छ ।