Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आइडलको उपाधि इसाबेला शर्मा र आराध्यजङ थापाले जिते

हाम्रो कोशी आवाज
भाद्र २१ २०८३, आइतबार
धरान आइडलको उपाधि इसाबेला शर्मा र आराध्यजङ थापाले जिते
धरान: ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल-२’ को उपाधि इसाबेला शर्मा र आराध्यजङ थापाले जितेका छन्। होप धरानको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रस्तुति दिँदै शर्माले मिसतर्फ र थापाले मिस्टरतर्फको उपाधि हात पारेका हुन्।
धरान-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा सभाहलमा सनिवार सम्पन्न फाइनलमा सहभागी बालबालिकाले विभिन्न चरणमा आफ्नो प्रतिभा, आत्मविश्वास, व्यक्तित्व तथा मञ्चीय प्रस्तुति प्रदर्शन गरेका थिए। प्रतियोगितामा कुल ४० जना बालबालिकाको सहभागिता रहेको थियो।
मिस्टरतर्फ आराध्य जङ थापा प्रथम हुँदा ओमेहाङ साम्बा दोस्रो र सेसेहाङ लिङ्खिम तेस्रो भए। त्यसैगरी मिसतर्फ इसाबेला शर्मा प्रथम, श्रेयसी रौनियार दोस्रो र एलिजाबेथ राई तेस्रो घोषित भए ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्र विक्रम वेघा प्रमुख अतिथि थिए। कार्यक्रमको अध्यक्षता होप धरानका अध्यक्ष निश्चल पलिलले गरेका थिए भने सञ्चालन मेरिना तुम्सा लिम्बुले गरेकी थिइन्।
प्रतियोगिताको निर्णायक मण्डलमा मिस्टर नेपाल २०२४ का उपविजेता आदेश प्रधान, मिस्टर नेपालका क्षेत्रीय निर्देशक तथा ‘रोनक फेसन एजेन्सी’का संस्थापक एवं सीईओ रोनक अग्रवाल, बिजनेस एन्टरप्रेनर, फेसन मोडल तथा इन्फ्लुएन्सर इसा थापा, बहुविधा गायक, संगीत उत्पादक तथा अडियो इन्जिनियर नट्टु शाह र मोडल हन्ट नेपाल सिजन-९ का विजेता बिवाश बिष्ट रहेका थिए।
मुख्य उपाधिसँगै प्रतियोगितामा सहभागी बालबालिकाको क्षमता, व्यक्तित्व, प्रतिभा तथा प्रस्तुतिका आधारमा विभिन्न सब–टाइटलसमेत प्रदान गरिएको थियो।
मिस्टरतर्फका सब–टाइटल
ओमेहाङ साम्बाले Mr. Personality र Mr. Intellectual को उपाधि प्राप्त गरे। एल्बिन तामाङले Mr. Model, Mr. Talent, Mr. Multimedia तथा Mr. Rampwalk को उपाधि हात पारे।
त्यस्तै रियान गुरुङले Most Confident, आराध्य जङ थापाले Mr. Stylist र Mr. Photogenic, अविश्कान्त मेहताले Mr. Dedicated, सुहाङ राईले Mr. Charming, अमृत बीकेले Mr. Rising Star, किवाहाङ राईले Mr. Friendly, सुयोग अग्रवालले Mr. Punctual तथा सेसेहाङ लिङ्खिमले Most Hardworking को उपाधि प्राप्त गरे।
मिसतर्फका विभिन्न उपाधि
मिसतर्फ एलिजाबेथ राईले Miss Beautiful, अर्चना पुनले Miss Best Figure, अक्षता भट्टराईले Miss Dedicated, अनु यादवले Miss Focussed, नुमा लिम्बुले Miss Charming, रिदिमा राईले Miss Glowing Skin तथा रोश्ना पराजुलीले Miss Hardworking को उपाधि प्राप्त गरे।
त्यसैगरी ऐश्वर्या लिम्बुले Miss Punctual, ऐश्वर्या राईले Miss Friendly, डेनिशा मगरले Miss Discipline, कृष्णमा कोइरालाले Miss Best Smile, सोहाना तामाङले Miss Quick Learner, प्रिन्सेस लिम्बुले Miss Best Hair, श्लेखा भुजेलले Miss Personality, दिव्यांका श्रेष्ठले Miss Confident, केआना रानाले Miss Model तथा दुर्गा राईले Miss Beautiful Eyes को उपाधि प्राप्त गरे।
दीपिका श्रेष्ठले Miss Rising Star, कृतिका बिसुंखेले Miss Flawless, नुमा चोङबाङले Miss Stylist तथा Miss Helpful, निरुता बीकेले Miss Attentive, डेजी लिम्बुले Miss Glamor, इनाया श्रेष्ठले Miss Aspiring, आयाना तामाङले Miss Cute, इसाबेला शर्माले Miss Attractive, श्रेयसी रौनियारले Miss Hygenic तथा त्रिशा शंकरले Miss Curious को उपाधि प्राप्त गरे।
प्रतियोगिता बालबालिकाको प्रतिभा र व्यक्तित्व विकासमा केन्द्रित रहे पनि आयोजकले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिएको जनाएको छ। फाइनल कार्यक्रमकै अवसरमा रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि चन्दा संकलनसमेत गरिएको थियो।
आयोजकका अनुसार प्रतियोगिताले बालबालिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने, आत्मविश्वास बढाउने, मञ्चीय प्रस्तुति तथा व्यक्तित्व विकास गर्ने अवसर प्रदान गरेको छ। प्रतियोगिताका विभिन्न चरणमा सहभागी बालबालिकाले आफ्नो सिर्जनशीलता, आत्मविश्वास र प्रस्तुति क्षमता प्रदर्शन गरेका थिए।
फाइनलमा विजेता तथा विभिन्न विधाका उपाधि विजेताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। बालबालिकाको प्रतिभा, व्यक्तित्व र आत्मविश्वास विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको प्रतियोगिताले धरानमा यस्ता कार्यक्रमको निरन्तरताका लागि समेत सकारात्मक सन्देश दिएको आयोजकको भनाइ छ।

प्रकाशित मिति: भाद्र २१ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend