Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मुकेश नेपालसहित बेपत्ता परिवारले गराए सरकारको ध्यानाकर्षण

हाम्रो कोशी आवाज
भाद्र २२ २०८३, सोमबार
धरानका मुकेश नेपालसहित बेपत्ता परिवारले गराए सरकारको ध्यानाकर्षण

धरानः भदौ १० गते भोटेकोशीमा आएको महाप्रलयकारी बाढीले नुवाकोटस्थित त्रिशुली–३ बी क्षेत्रमा काम गर्दै आएका धरानका भूगर्भविद् मुकेश नेपाल हालसम्म पनि सम्पर्कविहीन छन् । धरान वडा ६ पानबारीका नेपाल त्रिशुली ३ आयोजना अन्तर्गत हेवा जलविद्युत परियोजनामा भूगर्भविद्का रूपमा कार्यरत थिए । उनका बुबा रमेश नेपालका अनुसार मुकेशले बाढी आउनुअघि परिवारसँग फोनमा कुराकानी गरेका थिए । त्यसपछि भने उनको मोबाइलमा सम्पर्क हुन सकेको छैन ।
उनीलगायत त्रिशुली ३ बी आयोजनाबाट बेपत्ता परिवारले प्रदर्शन गर्दै उद्धार तीब्र बनाउन माग गर्दै प्रदर्शन गरेका छन् । १३ दिन बितिसक्दा पनि उनीहरूबारे कुनै ठोस जानकारी प्राप्त नभएको भन्दै हाइड्रोपावरको क्याम्पमा बेपत्ता भएका व्यक्तिका परिवार तथा आफन्तले उद्धार कार्य तीव्र बनाउन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै उनीहरूले बाढी आएको लामो समय बितिसक्दा पनि त्रिशूली–३ ‘बी’मा उद्धार तथा खोजी कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रदर्शनमा सहभागीले उद्धार कार्यलाई अझै सशक्त र तीव्र बनाउन माग गरे ।
रेस्क्युलाई अझै सशक्त र फास्ट गर्नुपर्छ भन्दै उनीहरूले बाढीले धेरै ठाउँमा असर पारेको र भौगोलिक अवस्थाका कारण पनि उद्धारमा कठिनाइ भएको हुन सक्ने भएपनि स्रोत र साधन भए तत्काल सञ्चालन गर्ने र नभएको अवस्थामा पनि कहाँबाट उपलब्ध गराउन सकिन्छ भन्नेतर्फ सरकारले पहल गर्नुपर्ने बताएका छन् । उनीहरूले सुरुदेखि नै उद्धारका लागि उपलब्ध स्रोत–साधन परिचालन गर्नुपर्नेमा ढिलाइ भएको गुनासो गरे ।
त्रिशूली–३ ‘बी’ पूरै बिल्डिङ, हाउसहरू र अफिसहरू सबै पुरिएका छन् । आइतबार हराइरहेकाहरूको खोजीका लागि अडिट सुरुङ सफा गर्ने र ठूला मेसिनरी उपकरण लैजाने काम साँझसम्म सकिएको थियो । त्यसपछि सोमबारदेखि खोजी कार्यलाई थप तीब्रता दिइएको बताइएको छ ।
बाढी र पहिरोपछि आयोजनामा कार्यरत १९१ जना सम्पर्कविहीन भए । तीमध्ये १३ जना सम्पर्कमा आए पनि अझै १७८ जना सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २२ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend