Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विमल स्मृति पुस्तकालयमा साहित्यिक कार्यक्रम,  स्रष्टा सम्मानसहित कविता वाचन

हाम्रो कोशी आवाज
भाद्र २२ २०८३, सोमबार
धरानको विमल स्मृति पुस्तकालयमा साहित्यिक कार्यक्रम,  स्रष्टा सम्मानसहित कविता वाचन

धरानः धरान-१८, बुद्धचौकस्थित विमल स्मृति पुस्तकालयमा स्रष्टा सम्मान तथा रचनावाचन कार्यक्रम आयोजना भएको छ ।
स्वाधीनता, सुशासन, समृद्धि र वैज्ञानिक समाजवादका लागि जनसंस्कृति भन्ने उदघोषका साथ जनसांस्कृतिक महासङ्घ, कोशी प्रदेश समितिले वरिष्ठ कवि तथा प्राज्ञ चेतनाथ धमलाको प्रमुख आतिथ्यमा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि धमलाले भाषा, साहित्य, संस्कृति र कलालगायतका क्षेत्रमा एक नम्बर प्रदेशको विशेष महत्व रहेको चर्चा गर्दै अबको साहित्य सिर्जनामा वर्गीय पहिचान, समावेशिता, विचार, कला र सौन्दर्यबोध हुनुपर्ने बताए । धमलाले साहित्यिक क्षेत्रमा विशेष योगदान पुरयाएका स्रष्टाहरू शङ्कर सुनुवार), देव सुब्बा इजम र टङ्क राजवंशीलाई सम्मान गरे ।
यसैगरी साहित्यिक क्षेत्रको उन्नयनमा विशिष्ट योगदान गरेबापत धरान नगरपालिका वर्डा नंं.१३ का अध्यक्ष नेत्रप्रसाद काफ्ले र कवि सकुन्तला त्रिखत्री (भुसाल) बिरामी अवस्थामा रहेकाले प्रमुख अतिथि धमला र महासङ्घका प्रदेश संयोजक प्राडा खेमराज खनालले उनीहरूको निवासमै पुगेर सुस्वास्थ्यको कामनासहित सम्मान हस्तान्तरण गरे ।
कार्यक्रमका सभाध्यक्ष जनसांस्कृतिक महासङघ नेपाल कोशी प्रदेशका संयोजक प्राज्ञ प्राडा खेमराज खनालले सबै जातजाति सबै भाषा, संस्कृति र साहित्यको संरक्षण र सम्बद्र्धन गर्दै समाजवादी लेखनयात्रामा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रमका विशिष्ट अतिथि, पूर्व सांसद तथा वरिष्ठ प्रगतिवादी कवि कुन्ता शर्माले प्रज्ञा–प्रतिष्ठानहरूमा प्राज्ञ नियुक्त हुँदा सरकारले मनोमानी गरेकामा चिन्ता व्यक्त गर्दै उच्च प्राज्ञिक मूल्य र मान्यतालाई जोगाउन नसकेको बताउँदै साहित्य सिर्जनाले मात्रै विचारको समृद्धिमा पुग्न सकिने बताइन् ।
नेकपा धरान नगरपालिकाका संयोजक सिपी बजगाईँले स्रष्टाहरूले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुरयाएको योगदानलाई विशेष महत्वका रूपमा बुझ्न आग्रह गरे । जनसांस्कृतिक महासङ्घ नेपाल एक नम्बर प्रदेश समितिका सहसंयोजक खुश्बु राईले स्वागत मनतव्यका क्रममा जनसंस्कृतिलाई आत्मसात् गरी सिर्जना क्षेत्रमा निरन्तर क्रियाशील स्रष्टाहरूलाई सम्मान गर्नु आफैंमा महत्वपूर्ण कुरा रहेको बताइन् । महासंघका कार्यालय सदस्य तथा कवि विमला पोखरेलले कविता वाचन गरेका थिए ।
सम्मानित स्रष्टा देव सुब्बा इजमले विचार, मुन्दुम चेतना र दृष्टिकोणबारे धारणा राख्दै अबको लेखनमा सांस्कृतिक पहिचान पनि महत्त्वपूर्ण पक्ष हुने बताए । विशेष अतिथिद्वय ममता मृदुलले लघुकथा र अम्बिका शाक्यले कविता वाचन गरे । साथै, सम्मानित स्रष्टा शङ्कर सुनुवार, सहप्राध्यापक टेकनाथ घिमिरे, महेश श्रेष्ठ, सत्यनारायण चौधरी, राधिका कार्की, मनि राई गोठाले, रोशन पराजुली, मचिन्द्र खत्री, रोजन शङ्कर, तारा लामगादे, गोपाल प्रयास ‘श्रेष्ठ’, हिक्मत खड्का, सवि मेबाहाङ, शङ्कर देवान, टङ्क राजवंशी, युवराज विष्टलगायतले आआफ्ना रचना वाचन गरेका थिए ।
जनसांस्कृतिक महासंघ नेपाल, एक नम्बर प्रदेश समितिका कार्यालय सदस्य, कवि सुधिर केसीले मिठासपूर्ण तरिकाले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा प्राध्यापक डाक्टर भरत भट्टराई, उपप्राध्यापक सोमनाथ खतिवडा, प्रदेश महासंघ कार्यालय सदस्य राजेन्द्र दाहाल, गणेशकुमारी राई, सोफिया लिम्बू, जेनी लिम्बू, टङ्का लिम्बू, पूर्णबहादुर गुरुङ, जमुना श्रेष्ठ, लोकराज निरौला, अबिरसिंह याक्सो, नारायण भण्डारी, प्रतीक्षा सापकोटा, सौगात खतिवडा, सुभद्रा अधिकारी, सीता धमला, शोभा खनाल, सिर्जना श्रेष्ठ, हर्कराज चर्मकार, यशोदा राई, फुमा सुनुवार, निर्मला नेपाललगायत ६० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा शोभा मिश्र, सिर्जना श्रेष्ठ, प्रतीक्षा खतिवडा र सीता गौतमले सहयोग पुरयाएका थिए ।

प्रकाशित मिति: भाद्र २२ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend