धरानः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले नुवाकोटका बाढीपीडितलाई राहत प्रदान गरेको छ ।
पार्टीका अध्यक्ष साम्पाङ, सांसद् आरेन राईसहित कार्यकर्ताहरू अहिले नुवाकोटका बाढीपीडितहरूको उद्धार र राहत वितरणमा सक्रिय छन् । उनको टोलीले पीडितहरूका लागि होल्डिङ सेन्टरमा शौचालय बनाउनेदेखि अत्यावश्यक र आधारभूत राहत सामग्री वितरणका काम समेत गरेको छ । उनको टोली नुवाकोटको बेत्रावतीको माथिल्लो केराबारी र तल्लो केराबारीमा पुगेर राहत बाँडेको हो ।
दुई सय घरलाई राहत लिएर पुगेको टोलीले १६० घरलाई राहत बाँडेको र अब ४० घरलाई बाँड्न बाँकी रहेको सांसद् आरेनले जानकारी दिए । उनले आफूहरुले वास्तविक पीडितलाई बुझेर लत्ताकपडा, भाँडाकुडा, दाल, चामल, तेल, सोयाबिन, नुन, साबुन बाँडेको बताए । टोली केहीदिनको लागि रसुवाको धुन्चेमा जाने उनले बताए ।

अध्यक्ष साम्पाङले अहिले बाढीपीडितको समस्या बुझ्दै समेत हिँडिरहेका छन् । उनले स्थलगतरुपमा पुगेर काम कसरी भइरहेको छ निरीक्षण गर्दै सरकारलाई दबाव दिनेलगायतका काम पनि गर्दै आएका छन् । उनले रसुवामा श्रमदाता समेत बोलाएका छन् ।
श्रमदाता हो… रसुवा आउनु है बाटो बनाउन ! टोली कसेर आउनुहोला ! उद्दार कर्ममा पनि देशलाई सहयोग गर्नुपर्छ ! उनले फेसबुकमा लेखेका छन् ।
रसुवा जाने एक मात्र बाटो विशेष गरी पुङ खोला देखि मास्तिर रसुवा साइडको बेहाल बिजोग बाटोलाई सकेको मर्मत गरेर गाडी बिग्रने स्थिति नहोस् भन्नाखातिर हाम्रा श्रमदाताको एउटा टोलिले खाल्डा पुर्ने तथा चोसे ढुङ्गा काट्ने काम गर्नेछन् ! मन्त्रीज्यूलाई यो बाटोमा थोरैमा १० वटा जेसिबी राखेर तत्काल मर्मत गर्न सुझाव दिएको छु ! उनले यो पनि फेसबुकमा लेखेका छन् ।
यो बारेमा भर्खरै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ज्यूलाई फोन गरी जानकारी गराएको छु है ! रसुवा जानेबाटो लच्याङ हुँदै श्रमथपी पाटीखर्क ९ कुण्ड गापा तिरको बाटोमा सरकारले ठाउँठाउँमा १० वटा जति वअद ल्याएर कतबलम दथ राखोस् ! बाटो बिग्रेर बर्बाद छ ! बाटो भत्केकोले राहत सामाग्री तथा औषधि रसुवाको बाढीग्रस्त क्षेत्रमा पुराउन साह्रै बिजोग छ !

श्रम संस्कृति पार्टीका नेता ध्रुव राईले देश यतिबेला गम्भीर दुःख र विपत्तिको अवस्थामा रहेको भन्दै राजनीतिक दलहरू राहत, उद्धार तथा पुनर्निर्माणका काममा एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन् । पछिल्लो विपद्बाट जनताले ठूलो क्षति र पीडा भोग्नुपरेको भन्दै सबै राजनीतिक दलले सरकारलाई पूर्ण सहयोग गर्दै पीडितको पक्षमा मानवीय भावनाका साथ काम गर्ने सहमति गरेको बताए ।
