Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको देउरालीमा लागूऔषध र नगदसहित समातिए आकाश राई

हाम्रो कोशी आवाज
भाद्र २५ २०८३, बिहिबार
धरानको देउरालीमा लागूऔषध र नगदसहित समातिए आकाश राई

धरानको देउरालीबाट प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका वडा नं. ५ देउरालीमा लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले एकजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ पर्नेमा २६ वर्षीय आकाश राई रहेका छन् । उनको घरकोठामा खानतलासी तथा चेकजाँच गर्दा निजले लुकाईछिपाई राखेको लागूऔषध ट्रामनिल ४६ क्याप्सुल, डिसिकोल्ड ४४ ट्याब्लेट, केट्रोल्याक ३८ ट्याब्लेट र नगद १० हजार पाँच सय फेला परेको प्रहरीले जनाएको छ ।
सो लागूऔषध र नगदसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरान सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको डिएसपी भीषणबाबु राईले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र २५ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend