Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘बुलेट बाइक’ को ठक्करले समाजसेवी चन्द्रकला गुरुङको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २५ २०८३, बिहिबार
धरानमा ‘बुलेट बाइक’ को ठक्करले समाजसेवी चन्द्रकला गुरुङको मृत्यु

धरानः धरानको बगरकोटबाट भानुचोकतर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करले महिलाको मृत्यु भएको छ ।
धरान-१५ एभरेष्ट लाइनस्थित घरमा आउने क्रममा पैदलयात्रामा रहेकी ६७ वर्षीय चन्द्रकला गुरुङलाई बा५१प ९१२२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । तत्कालै उनको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । उपचारका क्रममा उनको आज भर्खरै निधन भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
गुरुङलाई पछाडि सोबाट ठक्कर दिँदा उनी गम्भीर घाइते बनेकी थिइन् । उनको टाउको दुवैखुट्टा र अनुहारमा चोट लागेको र तत्काल बोल्न नसक्ने गम्भीर अवस्थामा उपचारका लागि ल्याइएको थियो ।
प्रहरी सहायक निरीक्षक डम्बर लिम्बूको कमान्डमा प्रहरी पुगेर मोटरसाइकल चालकलाई नियन्त्रणमा लिन खोज्दाखोज्दै ‘स्पीड’ गतिमा भागेका थिए तर प्रहरीले खोजी तीब्र बनाउँदै समातेको छ । मोटरसाइकल चालक दीपक तामाङलाई हाल नियन्त्रणमा पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ ।
तीब्र गतिमा मोटरसाइकल चलाएको कारण दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ ।
उनको घर धरान–१५ एभरेष्ट लाइनमै छ । उनी सामाजिक कार्यमा सक्रिय व्यक्तित्व हुन् । धरान-१५ स्थित एभरेष्ट वातावरण समूहमा लामो समय काम गर्दै सामाजिक कार्यमा होमिएकी गुरुङ विभिन्न सामाजिक संघसंस्थामा आवद्ध थिइन् । त्यस्तै, चन्द्रकला तमु हयुल छोज धीं गुरुङ राष्ट्रिय परिषद्का सल्लाहकार तथा पूर्व केन्द्रीय सदस्य थिइन् ।
गएको २३ गते मंगलबार उनलाई सो मोटरसाइकलले ठक्कर दिएको र उपचारका क्रममा बिहीबार उनको निधन भएको हो ।

प्रकाशित मिति: भाद्र २५ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend