Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा २५ किलो बेवारिसे गाँजा भेटियो, गाँजा राख्नेहरू ‘सुइँकुच्चा’

हाम्रो कोशी आवाज
भाद्र २७ २०८३, शनिबार
धरानमा २५ किलो बेवारिसे गाँजा भेटियो, गाँजा राख्नेहरू ‘सुइँकुच्चा’

धरानः धरानमा बेवारिसे गाँजा फेला परेको छ ।
धरान-४ मा २५ केजी बेवारिसे गाँजा फेला पारेको हो । धरान-भेडेटार सडक खण्डअन्तर्गत निशाने केहीमाथि सो गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान उपमहानगरपालिका–४ स्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा २५ किलोग्राम गाँजा फेला पारेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
गाँजा बरामद भएपनि गाँजा कसले राखेको हो भन्नेबारेमा केही खुलिनसकेको उनले जानकारी दिए । यस विषयमा हामीले थप अनुसन्धान भइरहेको समेत उनले बताए । प्रहरीले चाल पाएको सुइँको पाएपछि गाँजा राख्नेहरू सुइँकुच्चा (अरू कसैले चाल नपाउने गरी भागे) ठोकेका छन् । ‘प्रहरी आउँदैछन् भन्ने चाल पाएपछि उनीहरू पहिल्यै भागिसकेका रहेछन्, हामीले गाँजा मात्रै बरामद गरयौं, गाँजा राख्नेहरूको खोजी तीब्र बनाउँदै अनुसन्धानलाई पनि फराकिलो पारेका छौं ।’ उनले भने ।
यस्तै, मोरङको प्रहरी चौकी मझारेले जहदा गाउँपालिका-२ मा पनि बोरामा ३२ किलोग्राम ७६० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले भत्कायो लागूऔषध बिक्री केन्द्र
प्रहरीले लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरूले बिक्री केन्द्र बनाइ लागूऔषध नै बिक्री गर्ने गरेका थिए । सुनसरी र मोरङका दुव्र्यसनीहरूलाई केन्द्रित बनाई लागूऔषध बिक्री गर्ने गरेका उनीहरूलाई ४५ ग्राम ९५० मिलिग्राम खैरोहिरोइनसहित पक्राउ गरिएको उनले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको अररिया घर भएका २२ वर्षीय विक्कीकुमार मण्डल, १८ वर्षीय अमजद अन्सारी रहेको प्रहरीले जनाएको छ । उनीहरूको भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २७ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend