धरानः धरान–इटहरी सडक खण्डमा पर्ने सेउती पुलमा दुर्घटनामा गम्भीर घाइते बनेका एकजनाको मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा खोटाङ जन्तेढुंगा गाउँपालिका ४ चुम्लुङ बस्ने ३५ वर्षीय सागर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार उनको निधन भएको प्रहरीले जनाएको छ ।
तरहराबाट धरान आउने क्रममा भएको दुर्घटनामा दुईजना गम्भीर घाइते बनेका थिए । गत बुधबार दिउँसो करिब ३ बजे प्रदेश १–०२–०५५प३९८३ नम्बरको मोटरसाइकल पुलमा आइपुगेपछि हुत्तिएर सडकबाट पुल छेऊमा पुगेको थियो । मोटरसाइकल पछाडि सवार सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ६ बस्ने २२ वर्षीय प्रदीप विष्टको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।