Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका दुईजना प्रहरी छक्याउँदै आउँदै थिए, ब्राउन सुगर भेटेपछि बाटैमा समातिए

हाम्रो कोशी आवाज
भाद्र ३० २०८३, मंगलबार
धरानका दुईजना प्रहरी छक्याउँदै आउँदै थिए, ब्राउन सुगर भेटेपछि बाटैमा समातिए

धरानः धरानका दुईजना लागूऔषधसहित पक्राउ परेका छन् ।
प्रहरीलाई छल्दै को३१प ८८८५ नम्बरको स्कुटीमा सवारी उनीहरू लौकहीबाट धरानतर्फ आउँदै गर्दा बाटैमा समातिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा स्कुटी चालक धरान–१७ बस्ने २८ वर्षीय हेम राई र पछाडि सवार ४४ वर्षीय जयबहादुर खड्गी रहेका छन् ।
उनीहरूको साथबाट लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) १.३८ ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बराहक्षेत्र वडा नं. १ मुसहरी टोलमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनको प्रहरी टोलीले उनीहरूलाई समातेको हो ।

प्रकाशित मिति: भाद्र ३० २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend