धरानः धरानको एम्स एकेडेमीद्वारा (+२), धरान–१२ ले कक्षा ११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।
शनिबार धरान–१५ स्थित सदन सभा हलमा कक्षा १२ का विद्यार्थीको आयोजनामा स्वागत कार्यक्रम गरिएको हो । कार्यक्रममा एकेडेमीका अध्यक्ष प्रकाश राईले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै कक्षामा जिज्ञासु भएर शिक्षकसँग प्रश्न सोध्न र विषयवस्तु बुझेर अध्ययन गर्न आग्रह गरे ।

एकेडेमीका प्रिन्सिपल सन्तोष कोइरालाले नवआगन्तुक विद्यार्थीलाई एकेडेमीको तर्फबाट स्वागत गर्दै एम्स एकेडेमीलाई विश्वास गरेर आएकोमा धन्यवाद दिए । उनले विद्यार्थी र अभिभावकले गरेको विश्वासलाई टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा एकेडेमीका संयोजक दुर्गा सुवेदी, प्रिन्सिपल कोइराला, प्रशासक नवीन राई लगायतले कक्षा ११ का विद्यार्थीलाई अबिर र खदा लगाएर स्वागत गरेका थिए।कार्यक्रममा धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलका भाइस प्रिन्सिपल सोनु राई (सुवेदी), फ्याकल्टी मेम्बर सन्जीव उदासलगायत कलेजका अन्य फ्याकल्टी मेम्बर विद्यार्थी लगायतको उपस्थिति थियो ।
कक्षा १२ का विद्यार्थीले विभिन्न आकर्षक नृत्य तथा गीत प्रस्तुत गर्दै नवआगन्तुक विद्यार्थीलाई मनोरञ्जन प्रदान गरेका थिए । कक्षा १२ का छात्र उज्वल बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन छात्राद्वय अञ्जली साह र पायल लिम्बूले गरेका थिए ।