Hamro Koshi Aawaj

शनिबार, कार्तिक २८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान, इटहरी, बराहक्षेत्रका युवा एकसाथ लागूऔषधसहित समातिए

हाम्रो कोशी आवाज
कार्तिक २७ २०८३, शुक्रबार
धरान, इटहरी, बराहक्षेत्रका युवा एकसाथ लागूऔषधसहित समातिए

धरानः धरानका एक युवा लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका छन् ।
धरान–१ का २५ वर्षीय अमर दर्जी ५.३४ ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
सुनसरीको कोशी गाउँपालिका १ लौकही पूर्व बस स्टेण्डमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनले मलद्वारको भागमा लुकाइछिपाइ ल्याएको ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डिएसपी चन्द्रबहादुर खडकाले जानकारी दिए । उनीमाथि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच इटहरीमा पनि ब्राउन सुगरसहित युवा पक्राउ परेका छन् ।
इटहरी उपमहानगरपालिका वडा नं. ३ त्रिवेणी चोक छेऊमा रहेको रविन भुजेलको घरमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी तालतलैया सुनसरीबाट खटिएको प्रहरी टोलीले रविनको घरकोठा रितपूर्वक खानतलासी गर्दा लागूऔषध ब्राउन सुगर ०.९९ ग्राम, नाइट्राजापाम ९ ट्याब्लेट र नगद १ हजार ७७७ रुपैयाँसहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा इटहरी–३ का ३५ वर्षीय रविन भुजेल, २७ वर्षीय किशोर राई र इटहरी–४ बस्ने २२ वर्षीय विवेक माझी रहेका छन् । लागूऔषध ब्राउन सुगर, ट्याब्लेट र नगदसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा ल्याए थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ११ खुनियाधारमा प्रहरी चौकी मधुवन सुनसरीबाट खटिएको प्रहरी टोलीले जिल्ला सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा नं. १ बस्ने वर्ष २६ को जीवन उराँवलाई शंका लागि खानतलासी तथा चेकजाँच गर्दा निजको साथबाट लागू औषध ब्राउन सुगर ०.८१ ग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ५ पाल टोलमा इलाका प्रहरी कार्यालय देवानगञ्ज, इलाका प्रहरी कार्यालय साहेवगञ्ज र प्रहरी चौकी कप्तानगञ्ज सुनसरीबाट संयुक्तरुपमा खटिएको प्रहरी गस्ती टोलीले नेपालदेखि भारततर्फ जाँदै गरेको प्र १–०२–००४ ह ९६६९ नम्बरको सिटी सफारी, सफारीसँगै आउँदै गरेको को१५प ९६५६ नम्बरको मोटरसाइकल र बिआर ३८ एएन ५२६१ नम्बरको पल्सर मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा सिटी सफारीमा लोड गरी लाँदै गरेको लागूऔषध गाँजा ४.०६० किलोग्राम फेला परेको प्रहरीले जनाएको छ ।
सिटी सफारी चालक सुनसरी बर्जु गाउँपालिका वडा नं. ५ बस्ने २७ वर्षीय डोमा पासवान, को१५प ९६५६ नम्बरको मोटरसाइकल चालक २३ वर्षीय पवनकुमार यादव र बिआर ३८ एएन ५२६१ नम्बरको नम्बरको मोटरसाइकल चालक देश भारत जिल्ला अररिया पोचदह वडा नं. ५ बस्ने २३ वर्षीय सोनु यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २७ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend