Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मादलको व्यापार हवात्तै बढ्यो

हाम्रो कोशी आवाज
कार्तिक २१ २०८३, शनिबार
धरानमा मादलको व्यापार हवात्तै बढ्यो

धरानः तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न थालेको छ । तिहारमा देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले यस समयमा यसको व्यापार बढ्ने गरेको व्यापारीहरू बताउँछन् ।
आधुनिक प्रविधिको विकाससँगै गीतसङ्गीत तथा सांस्कृतिक कार्यक्रममा डिजिटल साउन्ड सिस्टमको प्रयोग बढे पनि देउसीभैलोमा मादलको आकर्षण घटेको छैन । तिहारमा देउसीभैलो खेल्ने समूहले मादललाई प्राथमिकता दिने गरेका छन् ।
धरान उपमहानगरपालिका-२ छाताचोकस्थित साल्सा म्युजिक स्टोरका सञ्चालक सुमन चौधरीले तिहारमा मादलको बिक्री बढी हुने गरेको बताए ।
विगत २० वर्षदेखि मादल, गितारलगायत विभिन्न बाजाको व्यापार गर्दै आएका उनका अनुसार तिहारका बेला दैनिक ७० देखि ८० वटासम्म मादल बिक्री हुने गरेको छ । सामान्य समयमा भने दैनिक पाँचदेखि १० वटासम्म मात्र बिक्री हुन्छ ।
चौधरीले भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर र बेलटारलगायत स्थानमा मादल पठाउँदै आएका छन् । उनले तीन हजारदेखि आठ हजारसम्मका मादल बिक्री गर्दै आएको उल्लेख गरे ।

पहिले बाहिरबाट मादल ल्याएर बिक्री गर्ने चौधरीले अहिले आफ्नै कारखानामा मादल बनाउने गरेका छन् । आफ्नै कारखाना भएकाले ग्राहकको मागअनुसार आकार र गुणस्तरका मादल बनाउन सहज भएको उनको भनाइ छ । उनको पसल तथा कारखानामा अहिले छ जनाले रोजगारी पाएका छन् भने परिवारका सदस्यले पनि व्यवसायमा सहयोग गर्दै आएका छन् ।
धरानको मुख्य बजार भानुचोकदेखि पूर्वतर्फको देसी लाइनमा मादलको व्यापार गर्दै आएका यदुनाथ अधिकारीले पनि तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताए । विगत १५ वर्षदेखि परिवारका सदस्यसँग मिलेर मादल र खुकुरीको व्यापार गर्दै आउनुभएका अधिकारीको पसलमा दुई हजारदेखि सात हजार रुपैयाँसम्मका मादल राखिएका छन् ।
अधिकारीका अनुसार तिहारमा देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले यस समयमा माग बढी हुन्छ । लक्ष्मीपूजादेखि मादलको बिक्री झनै बढ्ने गरेको उनले बताए । उनका अनुसार कहिलेकाहीँ एकै दिन आठदेखि १० वटासम्म मादल बिक्री हुने गरेको छ ।
भोजपुर, धनकुटा तथा पश्चिम नेपालमा उत्पादित मादल खरिद गरेर बिक्री गर्दै आउनुभएका अधिकारीले ग्राहकको मागअनुसार विभिन्न गुणस्तर र मूल्यका मादल राखिएको जानकारी दिए । देउसीभैलो खेल्ने समूहले केही समयका लागि प्रयोग गर्न सस्तो मादल खोज्ने भएकाले महँगा मादल मात्र बिक्रीका लागि नराखिएको उनको भनाइ छ ।
यसैगरी, इटहरी उपमहानगरपालिका–६ का भेषराज अधिकारीले पनि विगत नौ वर्षदेखि मादल र खुकुरीको व्यापार गर्दै आएका छन् । उनका अनुसार तिहारको समयमा मादलको बिक्री उल्लेख्य बढ्ने गरेको छ । तिहारको समयमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्मको मादल बिक्री हुने गरेको उनले बताए ।
तिहारमा देउसीभैलो खेल्ने परम्पराले नेपाली मौलिक बाजा मादलको व्यापारलाई चलायमान बनाउँदै आएको छ ।

प्रकाशित मिति: कार्तिक २१ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • उदयपुरमा ९३ परिवारलाई जग्गाधनी पुर्जा वितरण

    माधव पोख्रेल उदयपुरका कटारी नगरपालिका, रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाले दुई दिनमा ९३ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेका छन्...

    • ३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • तिहारको भाइमसलाको मूल्य छोइननसक्नु, कुनको मूल्य कस्तो ?

    धरानः तिहार नजिकिएसँगै बजारमा भाइमसलाको मूल्य छोइनसक्नु भएको छ । भाइटीकामा दाजुभाइलाई सगुनका रूपमा दिइने काजु, बदाम, पिस्ता, किसमिस, ओखरलगायत ड्राइफ्रुट्सको मूल्य गत वर्षको तुलनामा...

    • ३ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ४० सालदेखि बाँसको पुलमा हिँड्थे, पुल बनेपछि हर्षित

    धरानः समयमा काम नसकिने, ढिलासुस्ती हुने र निर्माण व्यवसायीले योजना अलपत्र पार्ने प्रवृत्ति देशभर मौलाइरहेका बेला मोरङको रतुवामाई नगरपालिकामा भने एउटा विकास आयोजना तोकिएको...

    • १३ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानमा क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रियस्तरको कार्यशाला सम्पन्न भएको छ । प्रतिष्ठानको अन्कोलोजी डिभिजनको आयोजना तथा बीपीकेआइएचएस् स्टुडेन्टस् अन्कोलोजीको संयोजकत्वका साथै हेल्थ...

    • १४ घण्टा अगाडी
    • ४ मिनेट पाठ
  • जोगी जातिको फेरी लगाउने पेशा लोप हुने अवस्थामा

    धरानः पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुटेका छन् । आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका...

    • १ दिन अगाडी
    • २ मिनेट पाठ
  • ६ अर्बको धरान-लेउती सुरुङ मार्ग फेरि चर्चामा

    धरानः सुरुङमार्गका तस्वीर तथा भिडियोहरु देख्नेवित्तिकै तपाईं हामीलाई विदेशको झल्को आइहाल्छ । र, मनमा प्रश्न उब्जिहाल्छ धरानमा पनि कहिले यस्तो बन्ला ? धरानलगायत कोशी प्रदेशबासीले...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend