Hamro Koshi Aawaj

सोमबार, कार्तिक ३० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अन्तर्राष्ट्रिय महिला फुटबलः आर्मीको ९ गोल, दीपाको चार गोल, जेनिफरको हयाट्रिक

हाम्रो कोशी आवाज
कार्तिक ३० २०८३, सोमबार
धरानमा अन्तर्राष्ट्रिय महिला फुटबलः आर्मीको ९ गोल, दीपाको चार गोल, जेनिफरको हयाट्रिक

धरानः धरानमा जारी प्रथम अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार राति भएको खेलमा विभागीय टोली नेपाल आर्मीले सानदार जीत हासिल गरेको छ । आर्मीले बागमती युथ क्लबलाई ९–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
आर्मीको जितमा दीपा शाहीले चार गोल गरिन् भने जेनिफर रानाले हयाट्रिक पूरा गरिन् । त्यस्तै, विमला चौधरी र तुलषा बोहराले एक–एक गोल गर्न सफल बने ।
खेलको सुरुवातदेखि नै आक्रामक रणनीतिका साथ मैदानमा उत्रिएको नेपाल आर्मीले पहिलो हाफमै सात गोल गर्दै बागमती युथमाथि पूर्ण दबदबा कायम गरेको थियो । नेपाल आर्मीको जीतमा जर्सी नम्बर २३ की दीपाशाहीले उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत चार गोल गरेकी थिइन् । उनले खेलको दोस्रो, पाँचौं, २३ औं र ३८ औं मिनेटमा गोल गरिन् ।
त्यस्तै, जर्सी नम्बर १५ की विमला चौधरीले खेलको १६ औं मिनेटमा गोल गरिन् भने जर्सी नम्बर ८ की जेनिफर राणाले पहिलो हाफको १९ औं र ३३ औं र दोश्रो हाफको ३० औं मिनेटमा ३ गोल गर्दै ह्याट्रिक पूरा गरिन् । आर्मीकै जर्सी नम्बर २५ कि तुलषा बोहराले खेलको दोस्रो हाफको ४० औं मिनेटमा थप एक गोल गरिन् । पहिलो हाफमै ७ गोल गर्न सफल नेपाल आर्मीले दोस्रो हाफमा पनि आफ्नो खेल नियन्त्रणमा राख्दै बागमती युथलाई गोल फर्काउने अवसर दिएन ।
खेलको प्लेयर अफ द म्याच आर्मीकी दीपा शाही घोषित भइन् । उनले नगद १० हजार प्राप्त गरिन् ।
खेलको शुरुदेखि नै बागमतीलाई दबाबमा राखेको आर्मीले पहिलो हाफमै सात गोल गरेको थियो । खेल शुरु भएको पहिलो मिनेटमै दीपाले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । पहिलो हाफमै आक्रमणलाई तीव्र बनाएको आर्मीका लागि २३ औैं मिनेटमा दीपाले व्यक्तिगत तेस्रो गोल गर्दै हयाट्रिक पूरा गरिसकेकी थिइन् ।
डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित आठ क्लब सहभागी छन् । विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ईभी स्कुटर पाउनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई इभी स्कुटर प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही नगद १५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
धरान–१६ स्थित रंगशालामा सञ्चालन भइरहेको रात्रिकालीन खेलमा दिनहुँजसो दर्शकको पनि उपस्थिति बढिरहेको छ । भोलिको अन्तिम क्वाटर फाइनल खेल नेपाल पुलिस क्लबविरुद्ध काकडभिट्टा फुटबल क्लब झापाबीच हुने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति: कार्तिक ३० २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend