Hamro Koshi Aawaj

मंगलबार, मंसिर १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अन्तर्राष्ट्रिय महिला फुटबलः फराकिलो जीत निकाल्दै पुलिस सेमीमा

हाम्रो कोशी आवाज
मंसिर १ २०८३, मंगलबार
धरानमा अन्तर्राष्ट्रिय महिला फुटबलः फराकिलो जीत निकाल्दै पुलिस सेमीमा

धरानः धरानमा जारी प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३ अन्तर्गत मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबले काकडभिट्टा महिला फुटबल क्लबलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
पहिलो हाफमै ६ गोल गर्न सफल पुलिसको जीतमा रेखा पौडेलले डबल अर्थात् दोहोरो हयाट्रिक गरिन् । उनी एक्लैले ६ गोल गर्न सफल बनिन् । त्यस्तै, पुलिसकै सम्झना लावती र मीना देउवाले एक–एक गोल थप्दा ८ गोलले पुलिसले फराकिलो जीत निकालेको हो ।
खेलको १९ औं मिनेटमा सम्झनाले शुरुवाती गोल गरेकी थिइन् । रेखा पौडेलले २६ औं, ३८ औं, ४५ औं र ४६ औं मिनेटमा लगातार गोल गर्दै व्यक्तिगत चार गोल पूरा गरिन् । ४१ औं मिनेटमा मीना देउवाले पनि गोल गरिन् ।
दोस्रो हाफको ८ औं मिनेटमा रेखाले व्यक्तिगत पाँचौं गोल फर्काइन् ्। खेलको ४१ औं मिनेटमा थप एक गोल गर्दै उनले दोहोरो हयाट्रिक पूरा गरिन् ।
खेलको प्लेयर अफ दी म्याच नेपाल पुलिसकी जर्सी नम्बर ९ कि रेखा पौडेल घोषित हुँदै नगद १० हजार प्राप्त गरिन् ।
बुधबार हुने पहिलो सेमिफाइनलमा दुई विभागीय टोली एपीएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । बिहीबार हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र आयोजक स्वर्णिम फुटबल क्लब धरानबीच भीडन्त हुनेछ ।

प्रकाशित मिति: मंसिर १ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend