Hamro Koshi Aawaj

मंगलबार, मंसिर १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खैरो हिरोइनसहित बुबाआमा र छोरा समातिए

हाम्रो कोशी आवाज
मंसिर १ २०८३, मंगलबार
खैरो हिरोइनसहित बुबाआमा र छोरा समातिए

धरानः मोरङको रंगेलीबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय दम्पती र उनीहरूका १८ वर्षीय छोरा रहेका छन् ।
रंगेली नगरपालिका–४ स्थित चोप्राहा बोर्डरबाट उनीहरूलाई २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साेमबार साँझ ७ः५० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी मोरङ र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा सकुन्तला पासवानले दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा लुकाइछिपाइ राखेको अवस्थामा खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार–२ मुस्लिम टोल निवासी ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया श्रीमती सकुन्तला पासवान र १८ वर्षीय छोरा करण पासवान रहेका छन् ।
उनीहरू तीनै जनालाई बरामद लागुऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।

प्रकाशित मिति: मंसिर १ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend