धरानः धरानस्थित पब्लिक हाइस्कुलमा जारी औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेलामा राखिएको सेल्फी हान्ने र मनोरञ्जन लिने अवलोकनकर्ता बढेका छन् ।
फागुन २४ गतेसम्म लाग्ने बेलामा छुट्टै स्थानमा जुत्ता–चप्पल मेला पनि लगाउन थालिएको छ । ‘जुत्ता–चप्पल किन्नदेखि मेलास्थलमा आएर अवलोकनकर्ता बढेका छन्’, मेला संयोजक शिवराज श्रेष्ठ भन्छन्, ‘दिउँसो निःशुल्क गरिएपनि त्यति मेला अवलोकनकर्ता नआएपनि साँझपखदेखि टिकटै काटेर भएपनि मेला अवलोकनकर्ता ह्वात्तै बढ्ने गरेका छन्, दिउँसो फुर्सद नभएर पनि होला ।’
मेलाका प्रचारप्रसार संयोजक मानबहादुर दियाली (विश्वकर्मा) मेलामा मनोरञ्जनसँगै अन्य किनमेल गर्ने उपभोक्ता बढेको बताए । ‘सेल्फी हान्ने ठाउँ पनि छुट्टै बनाइदिएका छौं’, उनले भने, ‘सेल्फी हानेर मनोरञ्जन लिने साथै उपभोग्य सामग्री, ढाका अल्लो कपडा, ह्याण्डिक्राफ्ट नर्सरी, मह, गार्मेन्टका सामग्री, अर्गानिक अचार, चिया, ललिपप, पुस्तक तथा स्टेशनरी २ वटा, थोपा सिंचाइ, अटोमोबाइल्स, स्वास्थ्य, पर्यटन, चित्रकला, दुगड फुड्सका सामग्री खरिद गर्ने पनि बढ्दै गएका छन् ।
गोर्खा ब्रुअरी प्रालिको मुख्य प्रायोजन, ग्लोबल आइएमई बैंकको प्रायोजन, बराह ग्रुप र डिभाइन वाइनको सहप्रायोजन, नेपाल उद्योग वाणिज्य महासंघ, धरान उपमहानगरपालिकाको प्रवद्र्धन र एशियन थाइफुड्स, जिपिएस मोटरसाइल हेरिटेज कार्पेट, ताज आइसक्रिम, बेबी आइसक्रिम, नेक्ड एक्सप्रेस, बाग्मती प्लाष्टिक प्रालिको सहयोगमा कार्यक्रम भएको हो ।
