Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको छात्रा मात्रै पढ्ने बालिका स्कुलमा विद्यार्थीलाई अवार्ड वितरण, एसइई दिने ७४ छात्राको विदाइ

हाम्रो कोशी आवाज
फाल्गुन २१ २०७६, बुधबार
धरानको छात्रा मात्रै पढ्ने बालिका स्कुलमा विद्यार्थीलाई अवार्ड वितरण, एसइई दिने ७४ छात्राको विदाइ

धरानः धरान–१६ स्थित प्रदेश नं.१ को एक मात्र छात्राहरू पढ्ने शारदा बालिका नमूना माविबाट एसइई परीक्षा दिने तयारी गरिरहेका छात्राहरूलाई मंगलबार शुभकामना प्रदान र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा हाजिरीजवाफ, वक्तृत्वकला प्रतियोगिता, कविता वाचन, खेलकुदलगायत विभिन्न विधामा उत्कृष्ट भएका छात्राहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
वर्षको उत्कृष्ट विद्यार्थीको अवार्ड समिक्षा राई, उत्कृष्ट साहित्यिक अवार्ड तुलसा राई, उत्कृष्ट कलाको अवार्ड रीया राई, उत्कृष्ट खेलकुदको अवार्ड मनिषा दाहाल, उत्कृष्ट इमान्दार विद्यार्थीको अवार्ड पवित्रा राई र उत्कृष्ट प्रगतिशील विद्यार्थीको अवार्ड अनुष्का राईले प्राप्त गरेकी छिन् ।
पुरस्कृत छात्राहरूलाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशव श्रेष्ठ, विद्यालय ब्यवस्थापन समितिका सदस्य दिभा श्रेष्ठ, विद्यालयका प्रअ इन्द्रबहादुर राई, शिक्षिका अर्चना ढकाल, शिक्षकद्वय राजन कार्की र लाल बिहारी यादवलगायतले पुरस्कार वितरण गरे ।
एसइई दिने छात्राहरुलाई प्रअ राई, सहायक प्रअ धर्मनारायण सिंह, शिक्षक पदम लुइँटेल, गुरुप्रसाद दाहाल, निर्मल जोशी, सञ्चारकर्मी तिर्थ कार्की लगायतले उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण गर्न शुभकामना दिए ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत, कविता तथा क्यारिकेचर प्रस्तुत गरे । कार्यक्रमको सञ्चालन छात्राद्वय रिया राई र रेजिना विकले गरे । आगामी चैत ६ गतेबाट शुरु हुने यसपालिको एसइईमा स्कुलबाट ७४ जना छात्राहरूले परीक्षा दिँदैछन् । 

प्रकाशित मिति: फाल्गुन २१ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend