Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका सडक मर्मतको पहलका लागि धाएका तीन युवाले भानुचोकको खाल्डाखुल्डी पुरे

हाम्रो कोशी आवाज
फाल्गुन २२ २०७६, बिहिबार
धरानका सडक मर्मतको पहलका लागि धाएका तीन युवाले भानुचोकको खाल्डाखुल्डी पुरे

धरानः धरानका तीन युवाले भानुचौक सडकको खाल्डाखुल्डी पुरेका छन् ।
बुधबार राति ११ बजेदेखि आफै सिमेन्ट, बालुवा र रोडा मुछेर खाल्डाखुल्टी पुर्ने काम गरेका थिए । धरान–८ निवासी प्रज्ज्वल श्रेष्ठ, नारायण बाँस्तोला र अनिष बस्नेत मिलेर व्यक्तिगतरूपमा यस्तो काम गरेका हुन् ।
धराने हुनुको नाताले यस्तो काम गरेको प्रज्ज्वल बताउँछन् । ‘आवश्यक सिमेन्ट, बालुवा र रोडाका मनोकामना हार्डवयरका सञ्चालक नविन राजभण्डारीले सहयोग गरेपछि हामी आफैं खटेका हौं ।’ उनले भने ।
धरान धेरै कुराले उदाहरणीय भएपनि प्रवेशद्वारमा पर्ने खाल्डाखुल्डी र धूलोले गर्दा नकारात्मक धारण बनिरहेको होटल नवयुगका प्रमेश श्रेष्ठ बताउँछन् । सडक विभागबाट मर्मत–सम्भार गर्ने समयमा त्यहाँ गाडी बिग्रिएर बसेको हुनाले सो खाडल पुर्न नसकिएको धरान उपमहानरपालिका वडा नं. २ का वडाध्यक्ष माधवगोविन्द श्रेष्ठको भनाइ छ ।
यी युवाले यस अघि पनि धरानको बाटो मर्मतका लागि नगरबासीहरुको प्रतिनिधित्व गर्दैै सडक डिभिजन कार्यालय विराटनगरसम्म डेलिकेसन गएका थिए । ‘हामी डेलिगेसनका लागि विराटनगरसम्म पुगेका थियौं तर भानुचोकको खाल्डाखुल्डी पुर्ने काम भएन’, श्रेष्ठ भन्छन्, ‘त्यही भएर हामी आफैं लागेका हौं ।’ आगामी दिनहरूमा पनि आफूले देखेका, आफूले सक्ने सामाजिक काम गर्ने उनीहरूले बताएका छन् ।
फोटोः मोहन श्रेष्ठ 

प्रकाशित मिति: फाल्गुन २२ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend