Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दलितलाई इलेक्ट्रोनिक तथा वायरिङ तालिम

हाम्रो कोशी आवाज
फाल्गुन २२ २०७६, बिहिबार
धरानमा दलितलाई इलेक्ट्रोनिक तथा वायरिङ तालिम

धरानः धरान उपमहानगरपालिका सामाजिक विकास समितिका सदस्य तथा १७ नम्बर वडाका अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) ले धरानमा दलित विकास समितिले लक्षित बर्गले अनुभूति गर्ने प्रकारले काम गरिरहेको बताएका छन् ।
फागुन २२ गते टप युनिभर्सल एकेडेमीमा दलित विकास समितिद्धारा आयोजना गरिएको एक महिने इलेक्ट्रोनिक तथा वायरिङ तालिमको समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भट्टराईले नगरमा अन्य विकास समितिहरु रहेपनि दलित विकास समितिले धरानका सबै वडाहरुमा नगर सरकारको प्रतिनिधित्व गर्दै लक्षित वर्गका बीचमा विभिन्न कार्यक्रम गरेर स्वयम् लक्षित बर्ग सहभागि भएको पाइएको बताए । उनले आगमी आर्थिक वर्षमा दलित विकासका कार्यक्रममा बजेट बिनियोजन गर्दा पर्याप्त बजेटको व्यवस्था गरिने बताए ।
धरान उपमहानगरपालिका सामाजिक विकास समितिका सदस्य समेत रहेका भट्टराईले दलितहरुको समग्र उत्थान र विकासमा समितिले रचनात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउ“दै समाज विकासमा जातभन्दा बर्ग हेरेर काम गर्न सुझाव दिएका छन् । अहिलेको अवस्थालाई मध्यनजर गरेर वायरिङ तालिम प्रदान गर्नु व्यक्तिलाई मात्र नभएर सिंगो समाजलाई नै फाइदा पुग्ने भएकाले आफुले सिकेको सिप र ज्ञानलाई आयआर्जनस“ग जोडेर समाज सेवामा समेत समर्पित हुन प्रमुख अथिति भट्टराईले जोड दिए ।
तालिममा सहभागि धरान १७ का हर्कराज चर्मकारले आफुले द्वन्द्वकालदेखि नै बैदेशिक रोजगारीको अनुभव बटुलेका कारण पछिल्लो समय धरान उपमहानगरपालिकाबाट दलित समुदायका लागि भएका कार्यक्रमहरु प्रशंसनीय भएको बताए । एक महिनाको तालिमले आफुहरु बिजुलीसम्बन्धि विभिन्न काम गर्न सक्ने भएको बताए । त्यस्तै धरान १५ का सहभागी कृष्ण विश्वकर्माले आफुहरुले सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा लिएको र वायरिङ सम्बन्धि काम गरेकोले अब बेरोजगार नबस्ने बताए ।
त्यसैगरी कार्यक्रममा प्रशिक्षक धनकुमार नेपालीले आफुस“ग राष्ट्रिय सीप परीक्षण समितिद्धारा प्रमाणित प्रमाण पत्र भएको र ठेक्का पट्टामा लामो समयदेखि काम गर्दै आएपनि व्यवसायिक रुपमा अघि बढ्न तालिमले ठूलो अवसर प्रदान गरेको बताए । तालिममा ११ जना प्रशिक्षार्थी सहभागी भए पनि ९ जनाले मात्र सीपमा उर्तिण गरिएकोले उनीहरुलाई प्रमाण पत्रका लागि आफुले सिफारिस गरेको बताए । इलेक्ट्रोनिक तथा वायरिङ सम्बन्धि हाल अत्यन्तै माग भएकोले तालिमबाट उत्पादित जनशक्ति बेरोजगार बस्न नपर्ने धारणा राखे ।
समापन समारोहमा सञ्चारकर्मी खिलानाथ विश्वकर्माले दलित विकास समितिले सञ्चालन गरेका कार्यक्रमहरु लक्षित समुदाय केन्द्रित र प्रभावकारी रुपमा अघि बढिरहेको बताए । उनले समितिले दिर्घकालिन महत्व राख्ने कार्यक्रम सञ्चालन गरेर नगर सरकारको अनुभूति दलित समुदायले गर्न सकेको बताए । उक्त अवसरमा समितिले प्रशिक्षक धनकुमार नेपालीलाई प्रशंसा पत्र प्रदान गरेको थियो भने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको थियो । समितिका संयोजक किशोर परियारको अध्यक्षतामा भएको कार्यक्रममा सदस्यसचिव तारा लामगादेले स्वागत मन्तव्य राखेका थिए भने सदस्य सकुन्तला भुषाले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा दलित विकास समितिका सदस्य धनबहादुर हमाल, रामधारी बासफोर, लिला शंकर र केदार बराइलीको समेत उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: फाल्गुन २२ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend