धरानः धरान–१२ चतरालाइनको हरिप्रभु मार्ग लुप बाटो आर सीसी ढलान भएको छ ।
आधुनिक ड्रेनसहितको १४ फुट चौडा ९० फिट लम्बाइ बाटो मनोकामना आरएमसीबाट ढलान गरिएको हो । किफायत, छिटो र बलियो हुने भएकाले मनोकामना आरएमसीको प्रयोग गरिएको उपभोक्ता समितिका अध्यक्ष सजनकुमार बज्राचार्यले बताए । यो बाटो धरान नगरकै लागि एउटा उदाहरण बनेको बज्राचार्यको भनाइ छ । २०७६ पुस २७ गते सम्झौता भई २०७७ वैशाख ३० गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता भएपनि बाटो निर्माण सम्झौता गरेको समयभन्दा पनि धेरै अघि फागुन २२ गते नै सम्पन्न भएको छ ।
बाटो निर्माणमा १८ लाख ९७ हजार ९ सय ४६ बजेट इस्टिमिट भएको छ । जसमध्ये वडा कार्यालयबाट १२ लाख र उपभोक्ताहरुबाट ६ लाख ९७ हजार ९ सय ४६ रुपैयाँ संकलन गरिएको थियो । जसका लागि उपभोक्ताहरुले प्रतिफुट १ हजार २ सय उठाईएको बडाध्यक्ष टंकबहादुर राईले बताए । छोटा तथा भिरालो बाटोमा पानीबाट बचाउन यो प्रविधि कालोपत्र भन्दा पनि टिकाउ हुने धरान उपमहानगरपालिकाका प्रविधिकले बताए । ढलानमा उपमहानगरपालिकाका प्राविधिक, वडा सदस्यहरु ब्रम्हज्ञ भट्टराई, चुनु थापा मगर, विनिता वज्रचार्य, शान्ति त्रिखत्री लगायतको उपस्थिति रहेको थियो । 